रवि ओड नेपाल आइडल बनेपछि समर्थकहरु रातिनै सडकमा

काठमाडौं । कञ्चनपुरका रवि ओडले नेपाल आइडल सिजन २ को उपाधी जितेपछि  समर्थकहरुले खुशीयाली मनाएका छन् । धेरैले सामाजिक सञ्जालमा बधाई दिदै खुशीयाली मनाएका छन् भने धनगढीमा राति दीपावलिसहित र्‍याली निकालिएको बताइएको छ।

समर्थकहरुले धनगढीको पार्कमोडमा जम्मा भएर खुसियाली मनाएका हुन्। उनीहरुले रविको समर्थनमा ‘नेपाल आइडल रवि ओड’, ‘जित कस्को रविको’, ‘नेपालको शान रवि ओड’ लगायतका नारा  लगाएको पहिलो पोस्टले जनाएको छ ।

 

यसपटकको नेपाल आइडलको दोस्रो सिजनको विजेता रवि ओड बनेका हुन्। ग्राण्ड फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै ओड विजेता भएका हुन्।

रविले होण्डा गाडि र नगद रु २२ लाखको चेक पाएका छन भने वर्ल्ड टुरको यात्रामा जाने मौका पाएका छन्। यो सँगै दोस्रो सिजन समाप्त भएको छ । यस अघि पहिलो सिजनबाट पोखराका बुद्ध लामा विजेता भएका थिए ।

इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको फाइनल कार्यक्रममा पोखराका बिक्रम बराल दोस्रो र झापाका सुमित पाठक तेस्रो भएका छन्।यस्तै झापाकै अस्मिता अधिकारी तेस्रो भएकी छिन्।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *