नेपाल फर्कने तयारी गरिरहेकी नेपाली चेलीको युएईमा निधन

आबुधावि,युएई । युएईको इम्कोर फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत
काभ्रे देउराली ३ दमराकी डोल्मा तामाङको उपचारका क्रममा सोमबार निधन भएको छ।

पत्थरीको समस्या भएर औषधी खाइरहेकी डोल्मा दुई साता अघि  क्लिभलेन्ड क्लिनिक अस्पतालमा भर्ना भएकी थिइन् । चेकजाँचको क्रममा  मस्तिष्कमा समस्या देखिएपछि  उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । तर उनको  उपचारकै  क्रममा  मस्तिष्क पक्षघात भई ज्यान गएको अस्पतालले स्रोतले जनाएको छ।

मृतक डोल्माको घरमा १२ वर्षीय एक छोरा छन् । उनी विरामी परेपछि रेखदेखको लागी   नेपालबाट श्रीमान पञ्च तामाङ तथा कान्छो बुवाको छोरा सेवार तामाङलाई यूएई बोलाएर उपचार गराइरहेको थियो।

डोल्मा नेपाल फर्कनको लागि आफु कार्यरत कम्पनीको भिसा क्यानसिल  गर्न  कम्पनीमा निवेदन समेत दिएकि थिइन् । उनको शव अहिले पोस्टमार्टम लागि लगिएको छ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *