गान्धी परिवारका तीन पुस्तासँग काम गरेका कमलनाथ मध्य प्रदेशका मुख्यमन्त्री

एजेन्सी । ११ डिसेम्बर आएको मतपरिणामा काँग्रेस आईले चुनाव जितेसँगै मध्य प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि भएको चर्चाले बिहीबार साँझ जवाफ पाएको छ ।

बिहीबार साँझ मध्य प्रदेश काँग्रेसका अध्यक्ष कमलनाथलाई पार्टी हाईकमानले मुख्यमन्त्री बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई मुख्यमन्त्री बनाउने निर्णय दिल्लीमै भए पनि घोषणा भने मध्य प्रदेशको राजधानी भोपालबाट गरिएको छ । मुख्यमन्त्रीको दौडमा अर्का युवा नेता ज्योतिराध्य सिन्धिया पनि थिए । तर, कुनै बेला इन्दिरा गान्धीका तेस्रो छोराका रुपमा मानिएका ७२ वर्षीय कमलनाथलाई मुख्यमन्त्री बनाउने समझदारी भएको थियो ।

बिहीबार दिउँसो सिन्धिया र कमलनाथ दिल्लीबाट भोपाल पुगेपछि मुख्यमन्त्रीको नाम घोषणा गरिएको हो ।

समाचारअनुसार इन्दिरा गान्धीका कान्छा छोरा संजय गान्धीका विद्यालयका साथी हुन् कमलनाथ । १९८० को चुनावमा उम्मेदवार भएका कमलनाथको चुनाव प्रचारका क्रममा इन्दिराले कमलनाथलाई आफ्नो तेस्रो पुत्र भनेको बताइन्छ ।

इन्दिरा, सोनिया र राहुलसँग काम गर्ने सायद उनी एकमात्र काँग्रेस नेता हुन् । उनी धेरै पटक केन्द्रीय मन्त्री पनि बनिसकेका छन् भने ९ पटक लोकसभाको सांसद भएका थिए ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *