को हुन् यो वर्ष गूगलमा सबैभन्दा धेरै सर्च गरिएकी प्रिया?

Spread the love

एजेन्सी । मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर भारतमा यो वर्ष गूगलमा सबैभन्दा धेरै सर्च गरिएकी सेलिब्रिटीज हुन् । प्रियाको एक भिडियो

समाजिक सञ्जालमा भाइरल बनेको थियो । जसमा उनी आँखा झिम्क्याएको देख्न सकिन्छ ।

यो उनको फिल्म ओरु अड्डार लभको एक गीतको सीन थियो ।

प्रियाले गूगल सर्चको मामिलामा बलिउड अभिनेता र अभिनेत्रीलाई पछाडी पारिन् । गूगल सर्चमा प्रियापछि दोस्रोमा प्रियंका श्रीमान निक जोनासको नाम आउँछ । प्रियंका भने यो सूचीको चौथो नम्बरमा रहिन् । जोनास अमेरिकी सिंगर हुन् ।

जोनासपछि हरियाणाकी सिंगर सपना चौधरी तेस्रो नम्बरमा रहिन् ।

सपनापछि प्रियंका र उनीपछि पाँचै नम्बरमा सोनम कपूरका श्रीमान आनन्द आहूजा, अभिनेता सैफ अलि खानकी छोरी सारा अली खान, अभिनेता सलमान खान, बेलायती राजकुमार ह्यारीसँग बिहे गर्ने अमेरिकी अभिनेत्री मेगन मर्केलको नाम आउँछ ।

यसपछि गायक अनुप जलोटा र श्रीदेवीका श्रीमान बोनी कपुर सर्च गरिएका छन् ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *