अमेरिकामा एक नेपाली युवकले गरे झुण्डिएर आत्महत्या

क्यालिफोर्निया, अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा एक नेपाली युवाले झुण्डिएर आत्माहत्या गरेका छन्। नवलपरासी स्थायी घर भएका २४ वर्षीय गणेश तिवारीले बिहीबार डोरीको पासो लगाएर आत्माहत्या गरेका हुन्।

गणेशले आत्महत्या गर्नुअघि आफ्नो साथीलाई भिडियो कल गरेर आत्महत्या गर्ने जानकारी दिएको उनका साथीले बताएका छन्। तिवारीले एक ग्यास स्टेसनमा रातीको काम गर्दै आएका थिए। कम्प्युटर साईन्स पढ्न भन्दै विद्यार्थी भिषामा सन् २०१६ अगष्टमा अमेरिका छिरेका उनी मिनेसोटा विश्वविद्यालयमा भर्ना भएपनि ग्राजुयट नगरी डेढ वर्ष अघि नै क्यालिफोर्निया सरेका थिए।

स्वर्गिय तिवारीका बाबु माओवादीको द्वन्दकालमा हराएका आस्थाका बन्दी हुन् । उनका हाल नेपालमा आमा, दुई दिदी र एक भाई छन्। तिवारीको शव नेपाल लैजाने की अमेरिकामै अन्तेष्ठी गर्ने भन्ने बारेमा निर्णय भईनसकेको र शव नेपाल लैजान २५ हजार अमेरिकी डलर आवश्यक पर्ने नेपाली समुदायका अगुवाहरूले बताएका छन्।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *