काठमाडौं – राजेन्द्र गौतमका शब्दमा गायक विधान कालीकोटेले  नयाँ गीत ‘जानी नजानी’ ल्याएका छन् । करिब एक दर्जन गीतमा स्वर भरेका गायक कालीकोटेको यो गीतको भिडियोमा तुला पर्वतको संगीत रहेको छ ।

गीतमा गायिका तथा मोडल श्रृषा कुँवरको अभिनय  छ । भिडियोमा श्रृषालाई नायक तथा मोडल विनोद न्यौपानेले साथ दिएका छन् ।

श्रृषाले हल्का हल्का उदाउँछ जुन बारीमा, खोला पारीमा लगायतका चर्चित गीतमा समेत काम गरिसकेकी छन् ।

तुलाको निर्देशनमा तयार भएको यो भिडियोमा निशान घिमिरेको सम्पादन, अर्जुन सापकोटाको छायांकन छ ।

 

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *