सुर्खेतमा पनि खुल्यो श्रम कार्यालय, वैदेशिक रोजगारीका लागि सहज

Spread the love

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबार श्रम तथा रोजगार कार्यालय स्थापना गरिएको छ । श्रम तथा रोजगार, सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सो कार्यालयको बुधबार उदघाटन गरे ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन कर्णालीवासीले काठमाडौं जान नपर्ने सो अवसरमा मन्त्री विष्टले बताए । उनले वैदेशिक रोजगारी सम्बन्धि काम प्रदेश कार्यालयबाटै हुने बताए ।

सुर्खेतस्थित कार्यालयबाट श्रम, रोजगारी,  सामाजिक सुरक्षासँग जोडिका विषयमा सेवा प्रवाह गरिने  गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *