मंसिर १२, काठमाण्डौ । सुन्दा अनौठो लाग्छ, नेपालीहरुले विदेशबाट मगाएर पछिल्लो १० महिनामा २४ अर्बको चामल र २२ अर्बको मदिरा उपभोग गरेका छन । यसले समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई सम्बोधन गर्ने सट्टा गिजाएको छ भन्दा फरक नपर्ला ।

स्वदेशको मदिरा उद्योगलाई निरुत्साहित गर्दा विदेशबाट आउने रक्सि ’दारु’ को मात्रा बढी रहेको छ। १० महिनामा मात्रै २९ देशबाट नेपालमा २२ अर्ब ३८ करोड को मदिरा आयात भएको छ। यसले विदेशबाट आउने रेमिट्यान्स नेपालको उत्पादन क्षेत्रमा प्रयोग नभई कुन क्षेत्रमा खर्च भएको छ भन्ने स्पस्ट पार्छ ।

नेपालमा मदिरा आयात हुने देशरुमध्ये फ्रान्स, अष्ट्रेलिया, नेदरल्यान्ड, भारत, अमेरीका, मेक्सिको, इटालि लगाएतका देशहरु रहेका छन् । उक्त देशरुबाट आयात हुने पेया पदार्थहरुमा वाइन, रम, जीन, भोड्का,बियर, ह्रिस्की रहेका छन ।

भन्सार विभागले गत आर्थिक बर्षमा प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा नेपालमा विश्वका २९ देशबाट तयारी मदिराजन्य पदार्थ आयात भएको उल्लेख छ ।

नेपालमा आयात हुने मदिरामा सबैभन्दा धेरै भारतबाट एक करोड सात लाख ३५ हजार ७९९ लिटर र सबैभन्दा थोरै १२ लिटर रुसबाट आयात भएको छ। यस्तै बेलायतबाट चार लाख ३९ हजार ८८० लिटर, अस्ट्रेलियाबाट दुई लाख ९९ हजार १३०, स्पेनबाट दुई लाख ७६ हजार ११९ र फ्रान्सबाट दुई लाख ५८ हजार ९७ लिटर आयात भएको छ ।

यसैगरी अमेरिकाबाट ५५ हजार ५४३ लिटर, इटलीबाट ५१ हजार ८०१, चिलीबाट ४७ हजार ९७०, दक्षिण कोरियाबाट ४१ हजार ७५८, स्विडेनबाट ३८ हजार ४८८, चीनबाट ३७ हजार १७९, सिङ्गापुर २९ हजार ४४५, बेल्जियम २३ हजार ६५२, पोल्यान्ड २० हजार ८३, मेक्सिको १५ हजार ७५३, प्रोचुगल १३ हजार १४९, नेदरल्यान्ड १२ हजार ११ र आयरल्यान्डबाट ११ हजार ५५४ लिटर आयात भएको छ ।

त्यसैगरी अर्जे्न्टिनाबाट छ हजार २०८ लिटर, जर्मनीबाट दुई हजार ७७२, स्विजरल्यान्डबाट एक हजार ३८२, साउदी अरबबाट एक हजार २०, जापानबाट ९६९, क्यूवाबाट १८०, न्यूजिल्यान्डबाट १०४, गणतन्त्र कोरियाबाट ९२, ब्राजिलबाट ४२ र फिलिपिन्सबाट १३ लिटर मदिराजन्य पदार्थ आयात भएको छ ।

यो त विदेशमा उपत्पान भएर नेपालमा आउने रक्सीको हिस्सा मात्रै हो । नेपालमै विभिन्न कम्पनीहरुले बैधानिक रुपमा एक करोड लिटर भन्दा रक्सी उत्पादन गर्दै आएका छन् । यी सबै रक्सीको खपत सहजै हुने गरेको छ ।

यतिमात्रै होइन अवैधानिक रुपमा ३० देखि ४० लाख लिटर घरेलु मदिरा उत्पादन हुने गरेको छ । कुनै मापदण्ड, गुणस्तर बिनै उत्पादन हुने यस्ता मदिराहरु पनि सहजै खपत हुँदै आएको छ । यस्ता उत्पादकहरुले राज्यलाई राजस्व त बुझाउदैनन् नै स्वास्थ्यका लागि उति नै जोखिमपूर्ण रहेको विज्ञहरु बताउछन् ।

नेपालमा चाडपर्वमा अनिवार्य जस्तो रक्सी पिउने सोचका कारणले मदिराजन्य पदार्थको आयात बढेको अनुमान गर्न सकिन्छ । दसैँ, तिहार, छट, इद, लोसारलगायतका विभिन्न भोजमा रक्सी पिउने संस्कृति मौलाउँदै गएको पाइन्छ । अझै अचम्मको कुरा त के छ भने नेपालका दुर्गम क्षेत्रमा जहाँ चामल लगायत अन्य खाध्यान्न पाइदैन् त्यहा मदिरा तथा मदिराजन्य पदार्थ सहजै उपलब्ध हुन्छ ।

यसरी विलासी अनी स्वास्थ्यमा हानी गर्ने चिजको जथाभावी प्रयोग बढ्न थालेपछि अनावश्यक कुरामा देशको ठुलो रकम बाहिरीरहेको छ । सरकारले यसलाई नियमन गर्न र करको दायरामा नसमेटिएको गुणस्तर हिन मदिरा नियन्त्रण गर्न सरकारले सकेको छैन् । तर, अनेकन नियम बनाउन भने छाडेको छैन् ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *