सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पछिल्लो समय शिथिलता पैदा हुँदै गएको छ । पार्टी एकताको छ महिना पुगिसक्दा पनि आधारभूत तहसम्मका सङ्गठनले पूर्णता पाएका छैनन् । पछिल्लो समय पार्टी र सरकारका कामकारवाहीलाई लिएर सचिवालयदेखि अन्य तहका नेता कार्यकर्ताको असन्तुष्टि बढ्दो छ । सचिवालयको बैठक पनि निरन्तर बस्न सकेको छैन । त्यस्तै साउनपछि स्थायी कमिटीको बैठक बस्न सकेको छैन । सबै अधिकार अध्यक्षद्वय र सचिवालयले प्रयोग गरेको आरोप अन्य नेताहरूले लगाइरहेका छन् । पार्टीलाई विधि र पद्धतिमा चलाउनुपर्ने अडान राख्दै आएका सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ एकीकरणका काम सम्पन्न नहुनुको कमजोरी सचिवालयलाई देखाउँछन् । उनको बुझाइमा पार्टी एकीकरणलाई सचिवालयले प्राथमिकतामा नराखेकै हो । पार्टीभित्र हँुदै आएका गलत कदमको खुलेर विरोध गर्ने नेता श्रेष्ठसँग रातोपाटीका लागि रोहित दाहालले पार्टी, सरकारका कामकारवाही लगायतका समसामयिक विषयमा गरेको कुराकानी –

नेकपा अहिले बिरामी जस्तो देखियो नि ?
पार्टीले गर्नुपर्ने कामहरूमा जुन तीव्रता दिनुपथ्र्याे त्यसमा केही कमजोरी भएकै हो । तर बिरामीको हालतमा छैन । अहिले हामी साङ्गठनिक एकीकरणको काम पूरा गर्दैछौँ । त्यसपछि यो गतिवान भएर अगाडि बढ्नेछ ।

कहिले टुङ्गिन्छ सबै ? गृहकार्य पुगेन भनेर बेला बेला बैठक स्थगित गर्नुहुन्छ ? 
यो बैठकमा सबै टुङ्ग्याउँछाँै । पार्टी एकीकरण भएको छ महिना बितिसक्दा पनि केन्द्रीय तहमा बाहेक अन्य साङ्गठनिक एकीकरणका कामहरू हुन नसक्नु दुखद् कुरा हो । यो हाम्रो कमजोरी हो । अरूलाई दोष दिएर हुँदैन । हामी यसलाई सच्चाउँछौँ र अगाडि बढ्छाँै । हामी सचिवालयको बैठक बसिरहेका छाँै । यो बैठकले प्रदेश कमिटीको एकीकरणको पूर्णता, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय सङ्गठनहरूको एकीकरण र जिल्ला सङ्गठनका प्रमुख पदाधिकारीहरूको चयन गर्नेछ । यही बैठकमा पार्टी, संसद र सरकारले गरेका कामको समीक्षा गर्नेर्छौं । नयाँ कार्ययोजना बनाउँनेछाँै । त्यसपछि स्थायी कमिटीको बैठकमा बस्छौं र त्यसबाट अन्तिम निर्णय लिनेछौं ।

एकीकरणले अहिलेसम्म पूर्णता नपाउनुको कारण दुई अध्यक्षहरूबीच कुरा नमिलेर हो ? 
नमिलेको त होइन, मिलेकै छ कुरा । तर यो विषयले जुन स्तरको गम्भीर प्रतिबद्धताका साथ प्राथमिकता पाउनुपर्ने थियो, त्यो भएन । यतिबेला साङ्गठनिक एकीकरणको कामको मातहत अरू काम राखिनुपर्छ भन्ने कुराले गम्भीरता पाएन । समस्या त्यहाँ हो । यसमा कुनै व्यक्ति विषेशलाई दोष दिनुभन्दा पनि म सिङ्गै सचिवालयको तर्फबाट आत्मालोचना गर्न चाहन्छु । कमजोरी हाम्रो हो । लेखाजोखा

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *