हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा हजाराैँ मानिस प्रदर्शनमा

मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी हिन्दू धर्माबलम्बीले आइतबार प्रदर्शन गरेका छन् ।

केशरी रङको कपडा लगाएका प्रदर्शनकारीमध्ये केहीले हातमा खड्गसमेत लिएर प्रदर्शनमा सहभागिता जनाएका थिए । उनीहरूले भगवान रामको प्रशंसा गर्दै उत्तर प्रदेशको अयोध्या शहरका विभिन्न भागको परिक्रमा गरेका थिए ।

कट्टरवादी हिन्दू समूहहरूले उक्त स्थान हिन्दूहरूका आस्थाका केन्द्र भगवान रामको भएको र त्यहाँ उहाँको विशाल मन्दिर स्थापना गर्नुपर्ने आवाज उठाएका थिए ।

आयोजकले अयोध्या र भारतीय अन्य दुई शहरमा हुने प्रदर्शनमा तीन लाखको सहभागिता भएको दावी गरेको छ । अयोध्यामा भएको प्रदर्शनमा सहभागी हुन शनिबार र आइतबार दिउसोसम्म पहेंलो वस्त्रधारी हिन्दू धर्मप्रति शुभेच्छा राख्ने भारतीयहरू ठूलो सङ्ख्यामा गाडीमा आइरहेको देख्न सकिन्थ्यो ।

प्रदर्शनमा हुनसक्ने सम्भावित अवान्छित क्रियाकलापलाई रोक्न भन्दै उक्त शहरमा अयोध्याबाहिरबाट थप पाँच हजार सुरक्षाकर्मीलाई तैनाद गरिएको थियो । हिन्दूहरूले याे ठाउँलाई भगवान रामको जन्मस्थान रहेको बताउने गर्छन् । उक्तस्थानमा भगवान रामको मन्दिर भत्काएर ४६० वर्षपहिले (मध्यकालीन समयमा) मस्जिद निर्माण गरिएको दावी कतिपय भारतीय हिन्दू धर्माबलम्बीले बताउने गर्छन् ।

बाबरी मस्जिद भत्काएर सन् १९९२ मा मन्दिरको निर्माण गर्ने प्रयासमा भएका झडपमा अधिकांश मुसलमानसहित दुइ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । याे ठाउँ भारतीय हिन्दूहरू र अल्पसङ्ख्यक मुसलमानहरूबीचको द्वन्द्वको कारण बन्दै आएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *