
काठमाडौं। प्रहरीले काठमाण्डौं ताहचलस्थित श्रम तथा बैदेशिक रोजगार बिभागबाट केही विचौलियाहरूलाई पक्राउ गरेको छ।
बिभागबाट ३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको हो।
पक्राउ पर्नेमा कालिमाटीका सुरेन्द्र पाचकोटी, कालिमाटी बस्ने धादिङका सुजन लामा र सोल्टीमोड बस्ने सर्लाही लालबन्दीका निर्मल तामाङ रहेका छन्।
श्रम स्विकृतिका लागि आउने सेवाग्राहीलाई हैरानी दिने तथा काम छिटो छरीतो गरिदिन्छु भनि सेवा ग्राहिलाई प्रलोभनमा पारि दुःख दिने गुनासो आउन थालेपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ।
यस विषयमा थप अनुसन्धान कार्य भईरहेको छ प्रहरीले जनाएको छ।
सुझाव दिनुहोस्