शासन को ऊज्यालो आँगन मा कट्कटिएका बेदना को नि:शब्द आवाज

Spread the love

शासन को ऊज्यालो आँगन मा कट्कटिएका बेदना को नि:शब्द आवाज
*******************************************
।। सूर्य बस्याल ।।

देश दशकौं को गम्भीर गृह युद्ध बाट आज भन्दा ठिक १२ बर्ष पहिला दिल्ली मा सम्पन्न १२ बुँदे सम्झौता पछि गणतन्त्र को यात्रा मा अघि बढेको थियो ।
र तत्कालीन युद्धरत माओवादी बन्दुक छोडेर शान्ति र जन आन्दोलन को यात्रा मा अघि बढेको थियो ।

संविधान निर्माण सँगै बिद्रोहि र जन आन्दोलन का सहयात्री हरू सत्ता को सिंहासन मा पुग्नु भयको छ ।

पहुँच वाला हरू ले द्धन्द्ध पिडित को नाम मा सेवा सुविधा पाय पनि
निरपराध बेपत्ता पारिएका, हत्या गरिएका अंग भंग भयका हरू का परिवार हरू आज पनि न्याय को लागि हन्डर ठक्कर खाई रहेका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग ले ६२ हजार ऊजुरि दर्ता गरेको भयपनि अहिले सम्म अधिकांश को सुनुवाइ हुन सकेको छैन ।

निरपराध हरू ले कहिले पाऊछ त न्याय आज पनि यक्ष प्रश्न बनेको छ।
हराएका परिवार ले लास र श्वास को खोजीमा कति दिन अझै भौतारिने? सुकेका आँसु को मर्म कसले बुझ्ने?

यदि जनयुद्ध भनेर र बिद्रोहि लाई दबाऊने नाममा लुट पाट , गरेर सम्पत्ति जोड्ने ,ब्याक्तिगत रिसिवि मा हत्या गर्ने, बेपत्ता पार्ने जस्ता जघन्य अपराधमा संलग्नलाई कारबाही नगरि छोड्ने हो भने भोलि क – ख- ग- नाम का अराजक समुह खोलेर अपराधी कृयाकलाप गर्ने छन् र देश सधै अस्थिर रहने छ ।

त्यसैले सरकारले न्याय ब्याबस्था लाई दुरूस्त गर्दै प्रत्येक नागरिकलाई कानुनी ऊपचार समय मा ऊपलब्ध गराओस्

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *