प्रवासी नेपाली संघ भारत को दिल्ली मा बढ्दो सक्रियता

प्रवासी नेपाली संघ भारत को दिल्ली मा बढ्दो सक्रियता
“””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””
सुर्य बस्याल // दिल्ली

बिभिन्न सामाजिक सेवा क्षेत्र र प्रवासी नेपाली समस्या मा आधारित बिषयमा मा सक्रिय रूपमा काम गर्दै मुलुकको ब्याबस्था परिवर्तन मा भागिदारिता निभाऊदै आयको प्रवासी नेपाली संघ भारत यति बेला ऊत्साहित र सक्रिय देखिएको छ ।

 


मुलुकमा बामपंथि हरू को सरकार र माओवादी -एमाले बीचको पार्टी एकिकरण ले गर्दा प्रवासी नेपाली हरू का समस्या को सुनवाई र समाधान शिघ्र हुन सक्ने भन्दै भारत प्रवास मा पनि खुसी ल्याएको ऊक्त संघ ले बताएको छ ।

माओवादी निकट अखिल भारत नेपाली एकता मंच र प्रवासी नेपाली संघ भारत बिच एकता संयोजन समिति ले बिधान, कार्यक्रम र नेतृत्व को काम सकिसकेको र पार्टी केन्द्र बाट अनुमोदन हुने बित्तिकै भारत का यि दुई ठुला संगठन को एकता हुने सबबुझिएको छ ।

हाल सम्पन्न 2075 साल को भैलो कार्यक्रम लगायत कैयन संभव कार्यक्रम संयुक्त रूपमा सम्पन्न हुने गरेको दुबै संगठन का प्रतिनिधि ले बताएका छन् ।

प्रवासी नेपाली संघ भारत को दिल्ली राज्य समिति मातहत सात सास्कृतिक टिम ले एकल वा संयुक्त रूपमा धेऊसि भैलो खेलेर नाच्दै गाँऊदै दिल्ली शहर मा आफ्नो संस्कृति लाई बचाई राखेको थियो ।

यसै गरि भैलो खेलेको राज्य समिति अन्तर्गत मध्य पुर्वि दिल्ली नगर समिति ले 18 नवम्बर 2018 का दिन आई टि ओ दिल्लि मा भैलो संयोजक चोलाकान्त न्यौपाने को नेतृत्व मा ” धेऊसि भैलो समापन ” कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न गरेको छ ।
संघ का सचिवालय सदस्य अशोक थापा प्रमुख बक्ता रहनु भयको कार्यक्रम मा संघका जिम्मेवार टिकाराम पोखरेल, कवि कार्की, होमनाथ दाहाल, सबिता थापा बिर बहादुर गजमेर लगायतका सामाजिक अभियन्ता हरू ले नेपाली संकृति, सभ्यता र यसको संरक्षण को बिषय मा बोल्नु भएको थियो ।
सृजना जन सास्कृतिक परिवार ले तयार पारेका मनोरम नाच गान ले सबै लाई हल भित्र छमछमि नाच्न बिवस गरेको थियो ।

यसै गरि 18नवम्बर 2018 कै दिन दिल्लि मा ऊत्तर पश्चिम दिल्लि नगर समिति मातहत एक कार्यकर्ता भेला सम्पन्न भयको छ ।
युवराज पौडेल को अध्यक्षता र खेमानन्द पाण्डे को संचालन मा सम्पन्न ऊक्त कार्यक्रम मा सुखदेव ले स्वागत मन्तव्य राख्नु भयको थियो।

संघका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारी , सदस्य ईश्वरि भण्डारी, एकनारायण ढकाल, एन बि थापा र बाजुरा जिल्ला नेकपा सदस्य बिरेन्द्र थापा र एकतामंच का आर बि खड्का ,लगायत ले प्रवासी नेपाली आन्दोलन र प्रवासी नेपाली का समस्या को संबोधन कसरि हुन सक्छ र यसमा प्रवासी नेपाली को भुमिका को बिषयमा सार गर्भित भनाइ राख्नु भयको थियो ।

 

कार्यक्रममा नया सदस्य हरू तुलाराम र डिलराम भण्डारी को नेतृत्व मा लगभग ५० (पचास) जना नया सदस्य ले संघ को संगठित सदस्यता लिनु भयको छ ।
बाल बालिका लगायतका नाच गान ले कार्यक्रम लाई रोचक बनाएको थियो ।
यसैगरी सास्कृतिक र समाज सेवा मा अग्रणी भुमिका खेल्दै आयको प्रवासी नेपाली संघ भारत को सकृयता बढेको बिज्ञ हरू को ठम्याइ रहेको छ ।
*******************************************

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *