नेविसंघको कार्यकाल सोमबार सकिँदै, निर्णय लिन शनिबार कांग्रेसको बैठक

काठमाडौं- नेपाल विद्यार्थी संघको कार्यकाल अागामी सोमबार सकिँदै छ। मातृ पार्टी नेपाली कांग्रेसले लामो समयसम्म विधान अड्काएर राखेका कारण नेविसंघ विघटन हुने अवस्थामा पुगेको हो।

यसबारे निर्णय लिन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने भएको छ। शनिबारको बैठकले कार्यकाल थप्ने वा विघटन गर्ने बारे निर्णय लिनेछ।

यसअघि तीन महिना अवधि थपिए पनि संघको १२औं महाधिवेशन हुन सकेको छैन। नेविसंघले पारित गरी पार्टीलाई बुझाएको विधानका कारण कांग्रेसमा विवाद छताछुल्ल छ।

३२ वर्षे उमेर हद बहुमत बाट पारित भएपछि संस्थापन इतर समुह रुष्ट बनेको छ।

कांग्रेसका एक केन्द्रीय सदस्यले ‘रामचन्द्र पौडेल समुहले जे चाह्यो, त्यही हुने बताएका छन्।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *