भारतीय प्रधानमन्त्री मोदीले इपीजीको प्रतिवेदन छिट्टै बुझ्ने डा. भट्टराईको दाबी

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘यसबारेमा हामी दुवै तर्फका सदस्यहरुबीच कुराकानी भैरहेको छ । हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ।’

डा. भट्टराईले ईपिजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धि, सम्झौता र सबै पक्षको बारेमा पूनरावलोकन गरेको दाबी गरे । उनले थपे,‘ईपिजीको ९ पटकसम्म बैठक बसेर हामीले विभिन्न आयामबारे छलफल गर्यौं र दुवै तर्फ बसेर एकल प्रतिवेदन बनायौं । यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई पेश गर्ने निर्णय गरेका छौं । पहिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने भनेका छौं । ईपिजीको सुरु र अन्तिम बैठक नेपालमै बस्यो । यो संयोग नै हो । अब यो रिपोर्ट पहिला मोदीलाई बुझाउने भनेका छौं । दुवै देशका प्रधानमन्त्रीलाई बुझाएर नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्ने भनेका छौं । हामी अहिले पर्खिएर बसेका छौं । उहाँले बुझ्नुहुन्न जस्तो मलाई लाग्दैन। बुझ्नुहुन्छ ।’

सल्लाहकार भट्टराईले ईपिजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *