
भाईटिका लगाएर हिँडेको छोरो फर्किने आशा गरेका बाबुआमाले घर नजिकै किरा परेको शव भेटे काठमाडौँ – निजगढ नगरपालिका-९ ठाडोलाईनका एक युवा बेखबर भएको पाँच दिन पछि घरनजिकै केराबारीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा १८ वर्षीय विनोद खड्का रहेका छन् । शुक्रबार देखि सम्पर्कमा नआएकाद खड्कालाई घरनजिकैको केराबारीमा मृत अवस्थामा भेटिएको हो।
शुक्रबार भाईटिका लगाएर साँझ घरबाट निस्केका खड्का पटकपटक घर छोडेर हिँड्ने गरेकाले परिवारले कुनै खोजखबर नगरेको अन्तमा शब फेला परेको बताइएको छ ।छोरो पहिलेदेखिनै घर छोडेर हिँड्ने गरेकाले प्रहरीमा समेत कुनै उजुरी नगराएको बताइएको छ ।मृतकको शवमा कुनै प्रकारको चोटपटक नदेखिएकाले हत्या नभई आत्महत्या भएको हुनसक्ने आशंका गरिएको छ ।खड्काको शवमा किराहरु समेत देखिन लागिसकेकाले उनी घरबाट निस्केकै दिन मृत्यु भएको हुन्सक्ने उनले बताए।विनोद यसअघि पनि घरबाट हिँडेको ६ महिनापछि मात्र फर्केका कारण खोजि नगरिएको स्थानीयको भनाई छ।