एटीपी फाइनल्स टेनिस : शिर्ष वरियताका जाकोभिचको विजयी शुरुवात (तस्विर सहित)

एजेन्सी । विश्व नम्बर एक सर्वियाली नोभाक जोकोभिचले जारी एटीपी फाइनल्स टेनिस च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन् ।

लन्डनस्थित ओटु एरिनामा सोमवार राति सम्पन्न भएको पुरुष एकलतर्फको खेलमा शिर्ष वरियताका जोकोभिचले अमेरिकी जोन इस्नरलाई २-० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेका हुन् ।

३१ वर्षिय जोकोभिचले इस्नरलाई खेलको पहिलो सेटमा ६-४ र दोस्रो सेटमा ६-३ ले पराजित गरेको थियो । जोकोभिच र इस्नरको खेल हेर्न पोर्चुगलका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डो पनि ओटु एरिना पुगेका थिए ।

विश्व नम्बर दुई स्पेनी राफेल नाडाले प्रतियोगितामा सहभागी नहुने भएपछि उनको स्थानमा इस्नरले मौका पाएका थिए ।

त्यस्तै सोमवार राति नै भएको अर्को खेलमा जर्मनीका एलेक्जान्द्रर जेभेरेभले क्रोशियाका मारिन सिलिकलाई ७-६ र ७-६ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गरे ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *