शाहरुख र सलमान एउटै फिल्ममा, दुवै मुख्य भूमिकामा, यी निर्देशकले जुराए दुर्लभ अवसर

मुम्बइ। बलिउडमा सलमान खान र शाहरुख खानको जोडी कैयौं पटक एउटै पर्दामा देखिइसकेको छ । यी दुईलाई एउटै फिल्ममा देख्नु दर्शकको लागि विशेष सौगातभन्दा कम हुँदैन । तर, अतिथि र विशेष भूमिकाबाहे यी दुवै मुख्य भूमिकामा रहेको फिल्म नआएको भने लामो समय बित्यो । अब भने यी दुवै एउटै फिल्ममा देखिने भएका छन् । खास कुरा त के भने यो फिल्ममा यी दुवै मुख्य भूमिकामा देखिँदैछन् ।

सलमान र शाहरुख दुवै मुख्य भूमिकामा भएको पछिल्लो फिल्म ‘हम तुम्हारे हैं सनम’ २००२ मा आएको थियो । त्यसपछि यी दुवै कुनै पनि एउटै फिल्ममा दुवै मुख्य भूमिकामा देखिएका छैनन् । १६ वर्षपछि यो दुर्लभ संयोग हुने देखिएको छ । चर्चित निर्देशक संजय लिला भंसालीले यी दुवैलाई मुख्य भूमिकामा लिएर फिल्म बनाउने तयारी गरेका छन् । यो फिल्म दुई साथीहरुको कहानी हुनेछ जो पछि दुश्मन बन्नेछन् । फिल्मको कहानी दिलिप कुमार र राजकुमारको फिल्म सौदागरसँग मेल खाने बताइएको छ ।

भंसाली अहिले फिल्मको ड्राफ्ट तयार गर्दैछन् । यो पूरा हुन करिब ९ महिना समय लाग्ने बताइएको छ । अहिलेसम्म भंसालीले कुनै स्टारसँग कुरा फाइनल गरिसकेका भने छैनन् । ड्राफ्ट तयार भएपछि कास्ट फाइनल हुने बताइएको छ । यसअघि सलमान र शाहरुख १९९५ मा करण अर्जुन, १९९८ मा कुछ कुछ होता है र २००२ मा हम तुम्हारे हैं सनममा एकसाथ काम गरेका छन् । २००७ मा शाहरुखको फिल्म ओम शान्ति ओममा सलमान, २०१७ मा सलमानको ट्युबलाइटमा शाहरुख अतिथि भूमिकामा देखिएका छन् । डिसेम्बरमा रिलिज हुने शाहरुखको फिल्म जीरोमा पनि सलमान अतिथि भूमिकामा एउटा गीतमा देखिनेछन् ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *