सिन्धुली अमलेकाे एक घरमा अागलागी हूँदा तिन लाखबराबरकाे धनमाल नष्ट

Spread the love

सिन्धुली । सिन्धुली घ्याङलेख गाँउपालिका वडा नं १ अमले छरछरेमा एक घरमा आगलागी भएको छ । स्थानिय बिमान सिंह घलानको घरमा आज आगलागि हुँदा अन्दाजि ५ लाख बराबरको क्षति भएको स्थानियले बताएका छन । २ तले माटो ढुङगाले बनेको घर र भुकम्पले क्षति पुर्याएको घर बनाउनका लागि ऋण लिएको २ लाख रुपैया जलेर नष्ट भएको बताइएको छ । पुन निमार्णको लागि मिस्त्री ज्याला तिर्न भनी लिएको २ लाख रुपैया घरको छानामा राखिएको थियो, तर आगोले जल्यो बिमान सिंह भने ।

दुईतले माटो ढुङगाको बनेको घर जल्दा झण्डै ३ लाखको बराबरको धनमाल जलेको स्थानियले बताएका छन् । घरमा २ जना बच्चा मात्रै रहेको बेला आगलागि भएको प्रहरीले बताएको छ । अभिभावकहरु घास दाउरा गर्न जंगल गएका थिए । आगलागि के कारणले र कसरी भयो भन्नेबारे भने पत्ता लागेको छैन । आगो भने गाँउलेहरुले नियन्त्रण लिई सकेका छन ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *