बिक्रमले नारायण गोपालको गीत गाउँदा जजको स्ट्यान्डिङ ओभेसन (भिडियो)

Spread the love

काठमाडौँ। अहिले पछिल्लो समयको नेपालकै मेघा रियालिटी टिभी शो नेपाल आइडलको दोश्रो शृङ्खला जारी छ। नेपाल आइडल २ हरेक हप्ताको दुई दिन विहीवार र शुक्रवार राती ८ः३० बजे एपिवान एचडीबाट प्रसारण भइरहेको छ ।

आइडलको बिहिबारको २३ औँ एपिसोडमा नेपाली चर्चित सङ्गीतकार शम्भुजित बासकोटा उपस्थित भएका थिए। बिहीबार प्रसारित एपिसोडमा टप ९ प्रतियोगीले आफ्नो प्रस्तुती दिए। त्यहीँ प्रस्तुतिको आधारमा जज र दर्शकको भोटको आधारमा शुक्रबार एक प्रतियोगी नेपाल आइडलबाट बाहिरिन्छन्।

बिहीबार प्रसारित एपिसोडमा गोल्डेन माइक विजेता बिक्रम बरालले दर्शक र जजलाई आफ्नो प्रस्तुतिले मोहित पारे। फरक पहिरनमा देखिएका बिक्रमले स्वरसम्राट नारायण गोपालको स्वरमा रहेको चर्चित गीत ‘यो मुटुलाई’ निकै मार्मिक तरिकाले गाए। कुसुम गजमेरको शब्दमा सजिएको गीतमा सङ्गीत रञ्जित गजमेरको रहेको छ।
प्रसुतिपछि बिक्रमले चारै जना जजको स्ट्यान्डिङ ओभेसन पाए र दर्शकले उक्त गीत फेरि गाउन अनुरोध समेत गरे। उनले जजको पनि खुलेरै प्रशंसा पाए। हेर्नुस् भिडियो।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *