शालिग्राम पाइने विश्वको एक मात्र नदी कालीगण्डकी प्रदूषणको चपेटामा

म्याग्दी । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रामा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुको साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ ।

विश्वमै दुर्लभ शालिग्राम शीला पाइने विश्वको एकमात्र नदी कालीगण्डकी जैविक प्रदूषणको चपेटामा परेको छ ।

तापक्रम वृद्धिसंगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमीन कमजोर बन्दै गएको छ ।

उद्योग तथा कलकारखानाबाट निस्कने फोहोर मैला, रसायनयुक्त पानी र अनियन्त्रित रुपमा ढल मिसाउने जस्ता गलत मानवीय कारणले गर्दा कालीगण्डकी नदीको अस्तित्व खतरामा पर्दै जान थालेको हो ।

दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रशस्तै जैविक तथा औधोगिक फोहोर थुप्रिने गर्दछ ।

धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवम् वातावरणीय हिसावले संवेदनशील नदी हेर्दाहर्दै कुरुप एवम् मित्र जीवको सट्टा हानीकारक शत्रु जीवको उर्वर वासस्थानका बन्न पुगेको सरोकारवालाहरुले बताएका छन् ।

नदीको प्राकृतिक स्वरुप र गुणलाई कायम राख्न कालीगण्डकी बचाउ अभियानमा सरिक हुनुपर्ने वातावरणबीद्हरुको राय रहेको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *