गायक शान माथि भयो ढुंगा प्रहार, गाएका थिए यो गीत,

नयाँ दिल्ली– मिठो आवाज र आफ्नो मुस्कानको लागि चर्चित गायक शान एक कन्सर्टको लागि असम पुगेका थिए । गुवुहाटीमा आफ्नो प्रोग्रामको लागि उनले मुश्किल झेल्न प-यो । यस्तो किन भयो भने उनको कन्सर्ट हेर्न आएका दर्शकहरू अचानक भटकिए र ढुंगा हान्न थाले । यसरी दर्शक भड्किनुको कारण थियो शानको बंगाली गीत । जब शानले गीत गाउन शुरू गरे दर्शकहरू कराउन थाले ‘यो असम हो बंगाल हैन ।’ यो आवाजको साथमा त्यहाँ हंगामा शुरु भयो । यो शोको भिडियो पनि सामाजिक सन्जालमा एकदमै भाइरल भएको छ । यसमा शान दर्शकहरूलाई अपिल गर्दै देखिन्छन् र भनिरहेका छन् ‘कुनै पनि कलाकारलाई राजनीतिसँग नजोड्नुस् ।’ नागाल्याण्ड पोस्ट डट कमको अनुसार हंगामा बढेको देखेपछि शान स्टेजबाट ब्याक भए । उनले श्रोता दर्शकलाई भने कि ‘म ज्वरोले ग्रसित भएर पनि स्टेजमा परफर्म गर्न आएको छु ।’ उनको यो कुराले कसैलाई असर गरेन । शानले स्टेज छोडे त्यसपछि अर्गनाइजरले उनलाई सम्झाउन थाले । यसपछि शान पुन स्टेजमा फर्के । शोको अर्गनाइजर्सले यो मामलामा एफआईआर दर्ता गरेका छन् या छैनन् अहिले यसको बारेमा केही जानकारी आएको छैन । तर शान यो नराम्रो अनुभवको साथमा पनि शान्त देखिन्छन् र असमको तारीफ गर्छन् । उनको अनुसार कुनै एक घटनाको कारणले यति राम्रो स्टेटको बारेमा केही गलत कुरा बोल्नु ठिक हुँदैन ।,

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *