किन टीममा परेनन् धोनी ?

एजेन्सी । भारतीय क्रिकेट टिमका पुर्व कप्तान महेन्द्र सिंह धोनी पछिल्ला १२ बर्षमा पहिलो पटक ट्वान्टी २० टिमबाट बाहिर परेका छन् ।

शुक्रबार राति भारतीय क्रिकेट बार्ड बीसीसीआईले चयन गरेको समितिले वेष्ट इन्डिज र त्यसपछि अष्टे«लियासंग खेलिने ट्वान्टी २० म्याचका लागि टिमका घोषणा गरेको थियो । त्यसमा पुर्व कप्तान धोनी बाहिर परेका छन् ।

इन्डियालाई २००७ मा ट्वान्टी २० विश्वकप क्रिकेटको विजेता बनाउन महत्वपुर्ण भुमिका खेलेका पुर्व कप्तान धोनी लामो समययता खराब फर्मबाट गुज्रिरहेका थिए ।

उनको स्थानमा युवा क्रिकेटर ऋषभ पन्तलाई टिममा समावेश गरिएको छ ।

शुक्रबार चयन समितिले ट्वान्टी २० संगै बाँकी तीन खेल र अष्टे«लिया भ्रमणका लागि समेत टिम छनोट गरेको छ ।

वेष्ट इन्डिजविरुद्धको खेलमा ट्वान्टी २० सिरिजको कप्तानी रोहित शर्मालाई दिईएको छ । विराट कोहलीलाई यस सिरिजमा आराम दिईएको छ । रोहितको कप्तानीमा भारतले यसपटक एशिया कप जितेको थियो ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *