दक्षिण कोरियामा एक नेपाली युवाको मृत्यु, शव नेपाल ल्याउन आर्थिक अभाव

सिउल । दोलखाको गौरीशंकर गाउँपालिका ९ का आङकामि शेर्पाको उपचारको क्रममा शुक्रबार बिहान दक्षिण कोरियामा निधन भएको छ ।
आङ कामि शेर्पा करिब एक महिना अघिदेखि  हृदयघातका कारण अस्पताल भर्ना भएका थिए ।

४३ वार्षिय शेर्पाको उपचार्कै क्रममा शुक्रबार विहान चिकित्सकले मृत्यु भएको घोषणा गरे । आङ्कमि शेर्पा २०१६ मा कोरिया प्रवेश गरि अवैधानिक रुपमा काम गरिरहेका थिए ।

शेर्पाको उपचारक्रममा सहयोग गर्न मृतकी बहिी अमेरिकाबाट कोरिया आएका थिइन् ।   शेर्पाका शवलाई परिवारको  सहमतिमा नेपाल पठाउने तयारी भैरहेको छ ।

शेर्पाको शव नेपाल पठाउन र अस्पतालको उपचार खर्च बेहोर्न ४ करोड वन (करिब रु ४० लाख) आवश्यक रहेको बताइएको छ ।

गैरकानुनी रुपमा कोरिया रहेका कारण शेर्पाको शव नेपाल पठाउन मोटो रकम आवश्यक्ता रहेको भन्दै दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसी र शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष आङ पासाङ शेर्पाले कोरियावास नेपालीहरु मा आर्थिक सहयोग गर्न अपिलसमेत गरेका छ् ।

हाल आर्थिक संकलनका लागि कोरियाको उरी बैंकको खाता नम्बर १००२६५५४१९४८८ मा आर्थिक सहयोग गर्न सकिने  सरोज केसी ले बताए ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *