सडक दुर्घटनामा मलेसियामा एक नेपालीको मृत्यु

मलेसिया । सडक दुर्घटनामा परी मलेसियामा एक नेपालीको ज्यान गएको छ। मलेसियाको पेनाङ राज्यमा मंगलबार राति भएको सडक दुर्घटनामा याक्थुङ चुम्लिङ समाज पेनाङ मलेसियाका वरिष्ठ सल्लाहकार दिल कुमार राई (रावान राई) को ज्यान गएको हो।

मंगलबार राती करिब ९ बजे आफ्नो डिउटी सकेर होस्ट्ल फर्कने क्रममा मलेसियाको तामान सुकुन भन्ने ठाउँमा राईले चलाएको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिदा उनको घटनास्थलमै ज्यान गएको हो।

धनकुटाको खोकु–७ खोकुटारका राई लामो समयदेखि मलेसियाको पेनाङस्थित एक पोल्टिफर्ममा कामगर्दै आएका थिए। अहिले उनको शवलाई पोस्टमार्टमका लागि बुकित मर्ताजाम अस्पतालमा राखिएको नेपाल मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङका अध्यक्ष युवराज राना मगरले जानकारी दिएका छन्।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *