ओमन एयरले ल्यायो what’s app सेवा!

मस्कट ,ओमन

ओमन एयरले हालैमात्र आफ्नो यात्रुहरुको सजिलोको लागि what’s app बाट सुचना आदान प्रदान सेवाको सुरुवात गरेको छ।

यो सेवा प्राप्त गर्नको लागि ओमन एयरका यात्रुहरुले सुरुमा यो सेवाको छनौट गर्नुपर्ने छ, छनौट पश्चात यात्रुहरुले बुकिङको पुष्टि, चेक इन नोटिफिकेसन, बोर्डिङ पास, फ्लाइट स्टेट्स अपडेटका साथमा अन्य दर्जनौं जानकारी प्राप्त गर्न सक्नेछन्।

यात्रु र ओमन एयरको बिचमा यो सेवा एकदमै सुरक्षित, गोप्य रहने छ, यो सेवामा कुनै तेस्रो पार्टीको हात नरहने ओमन एयरले जनाएको छ।

ओमन एयरका ग्राहकहरुले यो सेवा लिनको निमित्त ९६८-७१९६०१११ मा आफ्नो म्यासेज पठाउनु पर्ने हुन्छ,म्यासेज पाएको केहि समयमा ओमन एयरको तालिम प्राप्त ग्राहक सेवा अधिकारीहरूको समुहले ग्राहक बाट आएका फ्लाइट सम्बन्धित सबै जिज्ञासाहरुलाई समाधान गर्नेछन।

भविष्यमा यो सेवा लामो समयसम्म दिने योजना भएपनि अहिले लाई यो सेवा बिहान ८ बजे देखि दिउसो २ बजे सम्मको लागि राखिएको छ। यो एरलाइन्सले मस्कट-काठमाडौ दैनिक उडान भर्दै आएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *