श्रमजीवि पत्रकारको तलव र दशैं भत्ताको ग्यारेन्टी नभए शसक्त आन्दोलन गछौंः क्रान्तिकारी पत्रकार

काठमाडौ । क्रान्तिकारी पत्रकार संगठनले पत्रकारको तलव बृद्धि र दशंै भत्तासहित श्रमजीवि पत्रकार ऐनले तोकेको सेवासुविधा उपलब्ध गराउन माग गरेको छ ।
संगठनका केन्द्रीय उपाआध्यक्ष जन्मदेव जैसी र महासचिव बाबुराम भुषालको नेतृत्वमा गएको टोलीले आइतबार जनता टेलिभिजन र अन्नपूर्ण मिडिया नेटवर्कलाई पत्र बुझाएको हो ।

टोलीमा संगठनका वरिष्ठ केन्द्रीय सदस्य कमल बुढा, धनन्जय बुढा, करन बडाल समेत सहभागी टोलिले ज्ञापनपत्र बुझाउँदै आफ्ना माग सम्बोधन नगरे सम्बन्धित मिडिया हाउसमा शसक्त आन्दोलन गर्ने बताइएको छ ।

मागपत्र बुझ्दै जनता टेलिभिजनका प्रवन्ध निर्देशक लक्ष्मण हुमागाईँले आफूहरु अरु टेलिभिजन जस्तो निजी नभएर पब्लिक कम्पनी मार्फत सन्चार गृह सञ्चालन गरिरहेको हुनाले न्युनतम पारिश्रमिक लगयातका बिषयमा आफू गम्भीर रहेको र सरकारले तोकेको तलब सम्बन्धित पत्रकारकै खातामा जम्मा गर्ने गरेको बताए ।

उनले आफू नेपालमा चल्ने बिदेशी टेलिभिजन बिज्ञापनमा क्लिनफीड लागु गर्नुपर्ने र आम नागरिकलाई सकेसम्म सित्तैमा टेलिभिजन हेर्ने व्यवस्था गर्न सरकार समक्ष माग गर्ने पक्षमा रहेको समेत बताए ।

हुमागाईँले सरकारले लागू गरेको देवानी संहिताले नेपाली प्रेसको घाँटी निमोठेको समेत बताए । उक्त संहिता संशोधन गर्न सबैले दबाब दिनुपर्ने समेत बताए ।
यस्तै अन्नपूर्ण मिडिया नेटवर्कका म्यानेजिङ डाइरेक्टर लक्ष्मीप्रसाद पौडेलले आफ्नो मिडिया हाउसले क्रान्तिकारी पत्रकारले उठाएका मुद्दा जायज भन्दै मिडियाले भोग्नुपरेका विषयमा पनि क्रान्तिकारी पत्रकार बाल्न आग्रह गरे ।

संगठनका तर्फबाट उपाध्यक्ष जैसीले न्यूनतम तलव वृद्धि भएअनुसार श्रमजीविलाई उपलब्ध गराउन र कम्पनी विनियम बनाई तहगत अनुसार पारिश्रमिक बढाई उपलब्ध गराउनुपर्ने बताए ।

साथै दुइटै सञ्चारगृहले सबै श्रमजीविलाई एक महिनाको तलव बराबर दशैं भत्ता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । संगठनले बाँकी सञ्चारगृहमा पनि मागपत्र बुझाउँदै जाने र माग पूरा नगर्ने सञ्चारगृहमा आन्दोलनका कार्यक्रम लिन बाध्य हुने उपाध्यक्ष जैसीले चेतावनी दिएका छन् ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *