पशुपतिमाईले हामी सबैको रक्षा गरुन्, तपाईको आजको राशिफल : २०७५ साल असोज १६ गते मंगलबार

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।। राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।। पञ्चाङ्ग : सूर्य दक्षिणायन,शरद ऋतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल आश्विन १६ गते भौमवार नेपाल सम्बत ११३८ ञलागा,सन् २०१८ अक्टोबर २ तारिक कृष्णपक्ष अष्टमी तिथि राती १२ वजेर २४ मिनेटसम्म उप्रान्त नवमी तिथि,आद्र्रा नक्षत्र राती ११ वजेर ११ मिनेटसम्म उप्रान्त पुनर्वसु नक्षत्र,वरियनयोग,बालवकरण,आनन्दादि योग चर,सूर्य कन्या राशीमा,चन्द्रमा मिथुन राशीमा । अष्टमी श्राद्ध । मुहूर्त : राहुकालः–अशुभ अपरान्ह २÷५० वजेबाट ४÷१९ वजेसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ८÷५५ वजेबाट १०÷२४ वजेसम्म रहनेछ । गुली कालः–सामान्य पूर्वान्ह ११÷५३ वजेबाट अपरान्ह १÷२२ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८÷२० वजेबाट ९÷७ वजेसम्म र राती १०÷४० वजेबाट ११÷२७ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷२९ वजेबाट मध्यान्ह १२÷१७ वजेसम्म रहनेछ ।

दिन बारवेला
सूर्योदय कालबाट प्रातः ७ वजेर २५ मिनेटसम्म रोग वेला,७ वजेर २५ मिनेटबाट ८ वजेर ५४ मिनेटसम्म उद्वेग वेला,८ वजेर ५४ मिनेटबाट १० वजेर २३ मिनेटसम्म चर वेला,१० वजेर २३ मिनेटबाट ११ वजेर ५१ मिनेटसम्म लाभ वेला,११ वजेर ५१ मिनेटबाट १ वजेर २० मिनेटसम्म अमृत वेला,१ वजेर २० मिनेटबाट २ वजेर ४९ मिनेटसम्म काल वेला,२ वजेर ४९ मिनेटबाट ४ वजेर १८ मिनेटसम्म शुभ वेला र ४ वजेर १८ मिनेटबाट सूर्यास्त कालसम्म रोग वेला रहनेछ । रात्री बारवेला : सूर्यास्त कालबाट ७ वजेर २० मिनेटसम्म काल वेला,७ वजेर २० मिनेटबाट ८ वजेर ५१ मिनेटसम्म लाभ वेला,८ वजेर ५१ मिनेटबाट १० वजेर २२ मिनेटसम्म उद्वेग वेला,१० वजेर २२ मिनेटबाट ११ वजेर ५४ मिनेटसम्म शुभ वेला,११ वजेर ५४ मिनेटबाट १ वजेर २५ मिनेटसम्म अमृत वेला,१ वजेर २५ मिनटबाट २ वजेर ५६ मिनेटसम्म चर वेला,२ वजेर ५६ मिनेटबाट ४ वजेर २७ मिनेटसम्म रोग र ४ वजेर २७ मिनेटबाट सूर्योदय कालसम्म काल वेला रहनेछ ।

राशी
मेषः– सवै समस्याको निकास आफै भित्रबाट निकाल्नु पर्नेछ देखिन्छ । बास्तुकला,उत्पादनशिल कार्य,सांगितिक क्षेत्र तथा होटल व्यवसायबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ । काममा ढिला सुस्ति नगर्नु होला पछि पश्चताप हुनेछ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *