भिडियो निर्देशनमा चम्किँदै निशान बानियाँ

बिगत ६ वर्षदेखि साङ्गीतिक क्षेत्रलाई आफ्नो पेशाको रूपमा अँगाल्दै आएका साङ्गीतिक श्रष्टा निशान बानिया यतिबेला भिडियो निर्देशकका रूपमा अगाडि बढिरहेका छन् । बिगतमा गीत लेखन र सङ्गीत सृजनामा मात्रै सीमित रहेका बानियाले यतिबेला आफूलाई भिडियो निर्देशकका रूपमा स्थापित गराइसकेका छन् ।

आफुलाई यही नेपालि गीतसंगीत क्षेत्रमा नै स्थापित कलाकार गराउने उद्देश्यका साथ गीत लेखन, सङ्गीत सृजनाका साथै भिडियो निर्देशनमा पनि हात हालेको बानियाँले बताएका छन । आफ्नै काका रत्न बानियाको प्रेरणाले यस क्षेत्रमा लागेका बानिया पछिल्लो समयमा आफैँ कम्पनी मालिक समेत भएका छन् ।

घर परिवारबाट यस क्षेत्रमा लाग्न निकै प्रेरणा पाएको बताउने बानियाँले लोक दोहोरी मात्रै होइन आधुनिक गीतलाई समेत सँगै अगाडि बढाइरहेका छन् ।  २०७५ सालको सुरुवातमै “चोखो माया” भन्ने आधुनिक गीतको म्युजिक भिडियोबाट निर्देशकका रूपमा चिनिन थालेका बानियाले छोटो समयमै दर्जनौं म्युजिक भिडियोमा निर्देशकका रूपमा काम गरिसकेका छन् ।

उनको निर्देशनमा रहेको पहिलो म्युजिक भिडियोमा चर्चित मोडेल दुर्गेश थापा र निश्मा गुरुङले अभिनय गरेका थिए । पाँच दर्जन भन्दा बढी गीतमा शब्द र संगीत गरेका बानियाका ‘बितेका पल’, ‘पर्छ सँधै रुन’, ‘तिम्लाई हेर्ने आँखा’ जस्ता चर्चित लोक दोहोरी गीतहरू बजारमा आइसकेका छन् ।

 

पछिल्लो समयमा आफ्नै निर्देशनमा बजारमा आएको ‘मरे बाकसमा’ भन्ने आधुनिक गीतको म्युजिक भिडियो यति बेला चर्चामा छ ।  स्वयम् बानियाले सङ्गीत भरेको उक्त गीतमा शब्द संयोजन अजय विश्वकर्माले गरेका छन् भने स्वर पनि विश्वकर्मा ले नै दिएका छन् । यस गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित कलाकार प्रकाश सपुत र अमृता विश्वकर्माको अभिनय रहेको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *