राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल द-कोरियाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा जीतन भाई श्रिस

आर.के पौडेल/दक्षिण काेरिया – राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल (द-कोरिया) साखाले आफ्नो पहिलो अधिवेशन भब्यताको साथ सम्पन्न गरेको छ। यहि September 23 मा राजधानी सउलमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा जीतन भाई श्रिष र सचिवमा आर के. पौडेल बिजयी हुनुभएको छ। त्यस्तैगरी उपाध्यक्षमा द्वय सुरज के.सी र रमिला गौतम, सह-सचिवमा गंगा लोहनि, कोषाध्यक्ष एस पी राना मगर र सह-कोषाध्यक्षमा विष्णु पाण्डे बिजयी हुनुभएको छ। त्यस्तै सदस्यहरूमा क्रमश रेविका लामीछाने, धनु गुरूड़, शान्ति गुरूड़, मुनाराज सुनुवार, राजु नेपाल, लोकेन्द चन्द, खिम छन्त्याल, कसान तामाड़्, ललित गिरी, राज खाम्चा मगर, जनक पन्त, विज्ञान अर्याल, मनोज चापागाँइ र बिष्णु रीजाल गरी जम्माजम्मी एक्काईस जनाको कार्यसमिती गठन गरीएको निर्वाचन समितीका संयोजक रामकृष्ण बम मल्लले जानकारी दिनुभयो।“हाम्रो लोक दोहोरी हाम्रो सान प्रवाशमा नेपालिहरूको छुट्टै पहिचान” भन्ने मुल नारालाई आत्मसात गर्दै एक महिना अगाडि कोरियामा तदर्थ समिती गठन गरीएको थियो। उक्त समितीले आर्थिक अभियान सहित सबै जिम्मेवारी पुरा गरेको छ। कोरियन चाड छुसकको अबसर पारेर आयोजित उक्त अधिवेशनमा नेपालबाट केन्द्रीय कार्यसमितीका बरिष्ठ उपाध्यक्ष रमेश बि.जी त्यस्तै हाल जापानमा रहँदै आउनुभएका लोकप्रिय गायक तथा संगितकार रामकृष्ण बम मल्ल र युवा ब्यवसायि ईस्वरी कँडेल पाल्नुभएको थियो। त्यस्तैगरी कोरियाका विभीन्न कार्यक्रहरूको निमन्त्रणामा आउनुभएका नेपालका लोकप्रिय गायक गायिकाहरू रामजी खाँड, शिब हमाल, राजु गुरूड़, प्रिती आले लगाएत थुप्रै कलाकारहरूको उपस्थितिले अधिवेशन थप अर्थपूर्ण बनेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथी रमेश बि.जी ले पछिल्लो समयमा पश्चिमेली शैलीले गर्दा नेपाली लोक संस्कृतीमा मौलिकपन घट्दै गएको बताउनु भएको छ। उहाँले लोक संस्कृतिको रक्षार्थ बन्दै गरेको नयाँ कार्यसमिती लाई शुभकामना दिँदै केन्द्रीय कार्य समितीले गर्नेपर्ने कुनैपनि सहयोगमा कमी नआउने प्रतिबद्दता पनि ब्यक्त गर्नुभयो।जीतन भाई श्रिसको संयोजकत्वमा सम्पन्न उक्त अधिवेशनमा लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल केन्द्रीय कार्य समितीका बरिष्ठ उपाध्यक्ष तथा सर्जक रमेश बि.जी को प्रमुख आतीथ्यता र चर्चित सर्जक सि.पी मगरको सञ्चालन रहेको थियो।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *