भिजिट भिषामा जानेलाई रोजगारी नदिन आग्रह

 

काठमाडौ, असोज १०-

श्रम मन्त्री गोकर्ण विष्टले युएईमा भिजिट भिषामाजाने नेपालीलाई रोजगारीमा लाग्न निरुत्साहितगर्न त्यहाँको सरकारलाई अनुरोध गरेका छन् ।उनले यसलाई नियन्त्रण गर्न दुवै देशका सरकारले संयुक्त प्रयास गर्नुपर्ने बताए ।

नेपालका लागि युएईका राजदूत सईद हमदम अलनाक्वीसँगको भेटमा मन्त्री विष्टले युएईमा कार्यरतनेपालीका लागि २४ घण्टे विमा, करार बमोजिम नैन्यूनतम तलव र  अरु सुविधा सुनिश्चित गर्न समेतआग्रह गरे । यसैगरी निश्चित मापदण्ड निर्धारणगरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाटश्रमिकको स्वास्थ्य परीक्षण भएकोमा त्यसलाईमान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्नेमा पनि मन्त्रीविष्टले जोड दिए ।

भेटमा राजदूत नाक्वीले नेपालको मागमा युएईसरकार सकारात्मक हुने भन्दै उनले दुईदेशबीचको सम्वन्धलाई उदाहरणीय बनाउन दुवैदेशका सरकारहरुको प्रयास रहनुपर्ने धारणाराखेको मन्त्रालयका उपसचिव दीपक ढकाललेजनाएका छन् ।

भेटमा राजदूत नाक्वीले भौतिक पूर्वाधारकोविकास र आर्थिक समृद्धिसँगै यु.ए.ई मध्यपूर्वकोआर्थिक केन्द्रको रुपमा विकसित हुँदै गएको रखाडी क्षेत्रका अन्य मुलुकहरु भन्दा पृथक ढंगलेअगाडि बढिरहेको भन्दै नेपालबाट दक्षजनशक्तिको माग समेत बढ्दै गएकोले त्यस्ताजनशक्तिका लागि यु.ए.ई मा उच्च पारिश्रमिककोअवसर रहेको बताएका थिए ।

सो अवसरमा दुवै मुलुकले अधिकतम लाभलिनसक्ने गरी एमओयू परिमार्जनका लागि दुवैपक्षबाट आवश्यक तयारी गर्ने र निकट भविष्यमानै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रमसम्झौता गर्ने कामलाई प्राथमिकताका साथ अघिबढाउने विषयमा समेत छलफल भएकोमन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालका लागि साउदी अरेवियाकाकार्यवाहक राजदुत अव्दुलकरिम अलसुलेमानलेश्रम सचिव महेश प्रसाद दहालसँग भेट गरेका छन् । भेटमा सचिव दाहालले नेपालले साउदीअरेवियाका लागि तोकेको न्यूनतम पारिश्रमिक रसुविधा साउदी अरेविया सरकारले लागु गर्नेअपेक्षा प्रकट गरे । नेपाली कामदारलाई रोजगारकरार बमोजिम दिइने सेवा सुविधाको सुनिश्चिततागरिने विषयमा पनि सो अवसरमा छलफल भएकोउपसचिव ढकालले जानकारी दिएका छन् । श्रमस्वीकृति, पुनः स्वीकृति र भिषा नवीकरणकोसन्दर्भमा देखापरेका समस्या समाधान गर्नेविषयमा पनि भेटघाटमा छलफल भएको थियो ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *