प्रदेश नम्बर ५ : २१ बुँदे निर्णय गर्दै पहिलो समन्वय परिषद् बैठक सम्पन्न

बुटवल– हिजोदेखि शुरु भएको प्रदेश ५ को पहिलो प्रदेश समन्वय परिषदको बैठक २१ बुँदे साझा प्रतिबद्धता तथा निर्णय गर्दे सम्पन भएको छ । रुपन्देहीमा सम्पन्न सो  बैठकमा नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तह तथा प्रदेशबीचका साझा अधिकार क्षेत्रको प्रयोग तथा प्राकृतिक स्रोत साधनको बाँडफाँड, विकास योजना हस्तान्तरण लगायतका विषयमा सामुहिक प्रतिबद्धता जनाएको छ ।

यस्तै बैठकमा प्रदेश तथा स्थानीय तहले गर्ने काम कारबाहीमा नीतिगत सामन्जस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारी, साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाँठ सम्बन्धी विषयमा प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने निर्णय तथा प्रतिबद्धता जनाएको छ ।

बैठकमा प्रदेश ५ का १ सय ९ वटा स्थानीय तहका प्रमुख उपप्रमुख, १२ जिल्ला समन्वय समितिका संयोजक र प्रदेश सरकारका सांसद मन्त्री तथा सचिवहरुको सहभागिता रहेको थियो ।  बैठकको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दै  ५ नम्बर प्रदेशलाई नमुना प्रदेशको रुपमा स्थापीत गर्नको लागि सबैले सक्रिय भूमिका निवाह गर्नुपर्ने बताएका थिए ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *