जनप्रतिनिधिलाई विदेश भ्रमणमा अंकुश 1 SHARES

काठमाडौं, ८ असोज । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु कामभन्दा बढी भ्रमणमा केन्द्रित भएको भन्दै संघीय सरकारले स्थानीय जनप्रतिनिधिको वैदेशिक भ्रमणसम्बन्धी छुट्टै निर्देशिका ल्याएको छ । गत शुक्रबार बसेको मन्त्रीपरिषद्को वैठकले उक्त निर्देशिका पारित गरेको हो ।

जसअनुसार अब केन्द्र सरकारको अनुमति लिएर मात्रै जनप्रतिनिधि तथा कर्मचारीहरुले विदेश भ्रमण गर्न पाउने छन् । स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण बाक्लिएसँगै जनगुनासो बढेको र जनविश्वास घट्दो रुपमा रहेकाले सरकारले त्यस्तो प्रवृत्तिमाथि अंकुस लगाएको हो ।

अब स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यले पदीय हैसियतमा गर्ने विदेश भ्रमण औपचारिक दायरामा आउने छ ।

जनप्रतिनिधिहरुको जथाभावी विदेश भ्रमणका कारण स्थानीय तहको खर्च बढेर रकम दुरुपयोग हुने तथा स्थानीय तहमा विकृतिहरु देखिएकाले यस्तो निर्देशिका ल्याएको संघीय मामिला मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

निर्देशकाअनुसार जनप्रतिनिधिको भ्रमण स्थानीय विकास तथा संघीय मामिला मन्त्रीले स्वीकृत गर्ने प्रावधान राखिएको छ । कर्मचारीको विदेश भ्रमणको स्वीकृति भने सचिवले गर्नेछन् ।

भ्रमणको अनुमति लिन स्थानीय तहका प्रमुख आफैंले सिफारिस गर्नुपर्नेछ । यस्तो सिफारिसमा भ्रमणमा सहभागिताको औचित्य पनि खुलाउनु पर्नेछ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *