इन्धनमा मूल्यवृद्धि फिर्ता नगरे अग्रिम टिकट बुकिङ बन्द गर्ने चेतावनी

 

काठमाडौं, २ असोज । नेपाल आयल निगमले इन्धनमा गरेको मूल्यवृद्धिको यातायात व्यवसायीहरुले विरोध गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ४८ घण्टाभित्र वृद्धि गरिएको मूल्य फिर्ता नलिए दशैका लागि खुला गरिने अग्रिम टिकट बुकिङ बन्द गर्ने चेतावनी समेत दिएको छ ।

व्यवसायीहरुले यही असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङका लागि सहमति भएको थियो । तर असोज २ गते मध्येरातबाट लागु हुने गरी निगमले इन्धनमा मूल्यवृद्धि गरेपछि व्यवसायीहरु आक्रोशित बनेका हुन् ।

पेट्रोलमा प्रतिलिटिर २ रुपैयाँ र डिजेल र मट्टतिेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरेको छ

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *