प्रधानमन्त्री ओलीलाई कञ्चनपुर घटनाबारे कसले दियो गलत सूचना

काठमाडौँ, २ असोज । पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओली एकपछि अर्को कामले चर्चित बने । तर, अहिले एकपछि अर्को स्क्यान्डलमा फसिरहेका छन् ।

दिनप्रतिदिन उनको सरकार बदनाम भइरहेको छ । पहिलेभन्दा धेरै काम गर्नसक्ने सहज अवस्था सरकारलाई छ । तर ६ महिना बित्दा पनि सरकारले एउटा पनि ताली पाउने काम गर्न सकेको छैन् ।

पछिल्लो समय महिला हिंसाका घटनामा सरकार असंवेदनशील बनेको भन्दै देशव्यापी रुपमा दबाबमुलक आन्दोलन भइरहेको छ । त्यति हुँदा पनि सरकारमा रहेकालाई कुनै चिन्ता छैन् ।

महिला हिंसाविरुद्ध कुनै पनि योजना सरकारले सोच्न समेत भ्याएको छैन् ।  अर्कोतर्फ प्रधानमन्त्री स्वयंमले नै कञ्चनपुर घटनामा झुट बोलेपछि पीडितहरु थप आक्रोशित बनेको आरोप छ ।

गत शुक्रबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री ओलीले नै झुट बोलेपछि प्रहरी अधिकारीहरु नै अचम्ममा परेका छन् ।

प्रधानमन्त्रीले हुँदै नभएको घटना विवरण कार्यक्रममा सुनाएका थिए । मृतक निर्मलाको शव उनको घरबाट स्थानीयले खोसेर भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टको घरमा लगेर प्रदर्शन गरेकोमा प्रधानमन्त्रीको असन्तुष्टि थियो । तर, त्यो घटना नै भएको थिएन् । कसले प्रधानमन्त्रीलाई यसरी गलत ब्रिफिङ गर्यो भन्नेमा गृहमै हलचल मच्चिएको छ ।

यो घटनामा राजनीति भएको हो भन्ने प्रश्नमा प्रधानमन्त्रीको जवाफ थियो– ‘पोष्टमार्टम गरेर घरमा लगिएको शव, घरबाट उठाएर मेयरको घरमा पुर्याउनुपर्ने, त्यो के भएको हो ? परिवारले त सदगद गर्न लाँदै थियो, उनीहरुबाट खोसेर मेयरको आँगनमा लास लानु भनेको के हो ? यसभित्र के छ त ?’

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *