भखरै मलेसिया र खाडीमा रहेका नेपालीका लागी अहिले सम्मकै नसोचको दुखद खबर : अब ओली सरकारले के गर्ला ?

काठमाडौं– मलेसिया र खाडीका विभिन्न जेलमा ५ सय ५ जना नेपाली कामदार सजाय भुक्तान गरिरहेका छन् भने अन्य विभिन्न राष्ट्र पुगेका २५ नेपालीलाई भने मृत्युदण्डको सजाय तोकिएको छ।वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको पछिल्लो तंथ्याक अनुसार मलेसियामा मात्र १६ जना नेपाली कामदारलाई विभिन्न अभियोगमा मृत्युदण्डको सजाय तोकिएको छ। मलेसियामा २ सय ४ जना नेपाली जेलमा छन्। यीमध्ये ३ जना महिलाले पनि जेल जीवन बिताइरहेका छन्।युएईका जेलमा १ सय ५३ जना नेपाली कामदार रहेको बोर्डले जनाएको छ। यीमध्ये १ जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ। युएइको तत्ल्लो अदालतले मृत्युदण्डको सजाय सुनाई सकेको छ। यीमध्ये १२ जना महिला युएइका जेलमा रहेको बोर्डले जानकारी दिएको छ। युएइ जेलमा रहेका ४ जना नेपालीलाई आजीवन कारावास सजाय भुक्तान गरिरहेका छन् भने ४ जनालाई १० वर्षको सजाय तोकिएको छ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *