नेपाल को भारत सँग को ब्यापार घाटा कम गर्न नेपालि समान को लागि भारतिय बजार सम्म पुग्ने सहज बाताबरण हुनुपर्छ । क- प्रचण्ड

—–‘———————-‘——-”———-‘—————–‘
सूर्य बस्याल
७ सेप्टेम्बर २०१८ दिल्लि

भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका पुर्व प्रधानमन्त्री तथा सत्तारूण दल नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो ब्यास्त कार्यक्रम बिच दिल्ली स्थित प्रवासी नेपाली संघ संस्थाका जन प्रतिनिधि हरू लाई संबोधन गर्नु भयको छ ।
नई दिल्ली स्थित नेपाली राजदूतावास मा भयको कार्यक्रम मा प्रवासी हरू का सरोकार का बिषय मा प्रवासी नेपाली संघ भारत का केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारी अभानेएकता मंच का सचिव आर -बि खड्का ले संक्षिप्त भनाइ राख्नु भयको थियो ।

ऊठेका प्रश्न को जवाफ दिँदै आफ्ना भनाइ राख्नु भयका क- प्रचण्ड ले आफ्नो यात्रा नेपाल भारत बिच को ब्यापार घाटा कम गर्न, नेपाली बस्तु को लागि भारतिय बजार मा संभाब्यता खोज्न र दुई देश बीच सान्धि -संझौता र आश्वासन लाई कृयान्वयन गराऊने दिशा मा केन्द्रित हुने बताउनुभएको छ ।

बर्तमान अवस्थामा पुराना तिक्तता भुलेर नेपाल भारत संबन्ध नया आयाम मा अघि बढेको भन्दै प्रधानमन्त्री के -पि ओलि को भारत भ्रमण र भारतिय प्र-म नरेन्द्र मोदी को चार पटक को नेपाल भ्रमण ले ब्यापक समझदारी र सम्बन्ध मा बिस्तार भयको छ वहा ले भन्नु भयो ।

प्रवासी नेपाली का बिषय लाई संबोधन गर्दै 1950 को संधि को समिक्षा भयको र नया सम्झौता नेपाली समुदाय को हित र संरक्षण लाई ध्यान मा राखेर गरिने, बोर्डर भन्सार र सुरक्षा सहित आवत जावत को बिषयमा समेत भारत सरकार सँग समेत ठोस छलफल हुने बताउनुभयो ।
यसै गरि प्रवासी नेपाली को सम्पत्ति को रक्षा, बैक, पेन्सन लगायतका ऊल्झिएका धेरै खाले बिविध समस्या को बारेमा नेपाल सरकार र आफु बिज्ञ रहेको भन्दै दुई देश बिच सकारात्मक बातचित बाट समस्या को हल गर्न प्रयत्न रहेको बताउनुभयो ।

भारत भ्रमणमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी, बिदेश मंत्री सुस्मा स्वराज, गृह मन्त्रि राजनाथ सिह, सुरक्षा सल्लाहकार प्रमुख अजित डोभाल लगायतका पक्ष बिपक्ष का नेता हरु सँग भेट गर्ने र केहि ब्यापारिक संस्था को कार्यक्रम लाई संबोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
आसा गरौं वहा को भ्रमण ले दुई देश बीचको सम्बन्ध बिस्तार गर्न र नेपाली समुदाय का मुद्दा मा सकारात्मक सन्देश दिन सक्नेछ ।
सुर्य बस्याल
“””””””””””””””””””

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *