ट्राभल र टुरिज्मले फेरिएको जिन्दगी

युएई-नेपालमै ट्राभल एन्ड ट्युरिजमको क्षेत्रमा काम गरिरहेका पुतलीबजार–४, रामकोष, स्याङ्जाका एकेन्द्रबहादुर थापा युएईको नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व हुन् । सामाजिक र संस्थागत संलग्नता, व्यावसायिक सफलतामात्र होइन, मिजासिलो व्यक्तिगत स्वभावका कारण सबैका प्रिय छन् । यहाँका सानातिना कार्यक्रमदेखि विविध दृष्टिले ठूला कार्यक्रमहरुमा उनी पुगेकै हुन्छन् ।

उनी नपुगे पनि उनी आबद्ध व्यावसायिक संस्था नमस्ते ट्राभल एन्ड टुरिजम एलएलसी पुगेकै हुन्छ । दुबईका नेपालीहरुको जमघटको केन्द्र बरदुबईको केन्द्रमा रहेको नमस्ते ट्राभल एन्ड टुरिजमले नेपालीहरुलाई प्रवाह गरेको सेवा र सहयोगका कारण निरन्तर भरपर्दो ट्राभल एन्ड टुरिजम एजेन्सीको रुपमा नमस्ते स्थापित भएको छ । सानातिना सहयोग अभियानदेखि ठूला अभियानमा पनि उनी र उनी सम्बद्ध संस्था नमस्ते ट्राभल एन्ड टुरिजमको उपस्थिति देख्न सकिन्छ । नमस्ते ट्राभल एन्ड टुरिजमका चार सञ्चालकहरुमध्ये एकेन्द्रबहादुर थापा पनि एक हुन् ।

स्वर्गीय मातापिता देवकुमारी थापा र शोभितबहादुर थापाका माइला छोरा हुन्-एकेन्द्र । पाँच दाजुभाइमा उनले सुखपूर्वक बाल्यकाल बिताए । हजुरबुबा बमबहादुर थापा (जिम्बाल ) का ७ भाइ छोरा मध्ये कान्छा छोरा शोबितबहादुर थापाका माइला छोरा एकेन्द्र बहादुर थापाले बाल्यकालमा अभावको महसुस गर्नुपरेन ।

रामकोषका उकाली ओरालीहरुमा हास्दैखेल्दै अनी रामकोषकै फुलबारी निमाविमा कक्षा ७ सम्म पढ्दै बाल्यकाल सुटुक्कै बितेको उनले अनुभव सुनाए । कक्षा ८ देखि भने उनले काजीमान हरिटीका माध्यमिक विद्यालय पुतलीबजारस्थित पुतलीखेतमा अध्ययन गर्न थाले । सोही विद्यालयबाट २०५२ सालमा प्रवेशिका पास गरेका थापाले वाणिज्य शास्त्रमा प्रवीणता प्रमाण पत्र तह जनप्रिय बहुमुखी क्याम्पस पोखरामा अध्ययन पूरा गरेका हुन् । पोखराकै पिएन क्याम्पसमा वाणिज्य शास्त्रमा स्नातक अध्ययन गरेका थापा यसै अवधिम सेभेन पिक टुर एल्ड ट्राभल कम्पनीमा आबद्ध भएर पेशागत अनुभव हासिल गर्न थालेका हुन् । नयाँ क्षेत्र, नयाँ काम, नयाँ जागिर, नयाँ अनुभव भए पनि विविध कठिनाइ र रोमाञ्चक अनुभवहरु सँगाल्दै थापा अगाडि बढिरहे ।

टिकेटिङ अफिसरबाट शुरु भएको उनको रोजगारको पहिलो सिलसिला तीन वर्षको अवधिमा म्यानेजरको पदसम्म पुग्यो । आफ्नो रुचिको क्षेत्रमा उनी रमेकै थिए । आफ्ना स्कुल र कलेजका साथीसंगीहरु अध्ययन र रोजगारीका सिलसिलामा युरोप, अमेरिकादेखि मलेसिया र खाडीसम्मै पुगेका थिए । उनलाई पनि विदेसिने हावाले नछुने कुरै भएन । मान्छे स्वभावैले असन्तोषी प्राणी हो । थापामा पनि समयमै बिदेसिन पाए अलि धेरै कमाउन सकिथ्यो भन्ने विचारले सताउन थाल्यो । तर, कुन देशमा जाने, के भिसामा जाने, के काममा जाने भन्ने प्रश्नहरुले पनि उत्तिकै सताउन थालेको थियो ।

यस्तै अन्योलतामा डुबिरहेका बेला मनिपाल कलेजमा एमबिबिएस अध्ययनरत बैंगलोर भारतका छात्र केन फिलिप उनको जीवनमा सहयोगी मित्रका रुपमा आए । केनले उनलाई युएई जान सुझाव दिए । केनका पिता इसो फिलिप दुबईको जम्बो इलेक्ट्रोनिकमा म्यानेजरका रुपमा कार्यरत थिए । छोराको आग्रहमा फिलिपले थापालाई युएईमा प्रवेश गर्न एक साताभित्रैमा भिजिट भिसा पठाइदिए । सन् २००५ तिर रोजगारीका लागि युएई जाने नेपालीहरुको संख्या गुणात्मक रुपमा बढ्दो क्रममा थियो । तर, त्यो बेलामा भिजिट भिसामा युएई आउने नेपालीको संख्या भने अत्यन्तै कम थियो । भिजिट भिसामा गएका कारण के काम गर्ने वा पाइने अन्योल थियो ।

आफ्नो अनुभव ट्राभलको क्षेत्रमा भएका कारण सोही क्षेत्रमा काम पाउने आशा भने थापाले पालेकै थिए । थापा पनि अन्योलमै हानिए युएई । भिजिट भिसामा आउँदा काम आफैले खोजेर गर्नुपर्छ र परदेशमा त्यो जटिल काम हो भन्ने जान्दाजान्दै पनि थापा आफ्ना मित्रका पिताको आश्वासन र सहयोग मिल्ने विश्वासमा दुबई पुगेका थिए । साथमा केही पैसा बोकेका त थिए ।

मित्र केनका पिताले एक पैसा नलिइकन सेवाभावले सहयोग गरेको उनले बताए । उनकै सहयोगमा देरा दुबईको होटलमा सात दिनसम्म बसे । काम खोजिहेरे । देरा दुबईदेखि बरदुबई, बर्जुमान, सत्वाका गल्ली र सडक छिचोल्दा पनि उनले काम पाउन सकेनन् । सहयागी फिलिपले २५ सय दिरामभन्दा कमीमा काम नगर्नु भनी सर्त राखेका थिए । तर, थापालाई भने नेपालबाट सोधनी हुनथालिहाल्यो कि काम पाइस त माइला ? कति छ तलब ? बसाई कस्तो छ ? फिलिपले सात दिन होटलमा राखेर आवश्यक खर्च पनि दिएका थिए । एक हप्तापपछि तिनै फिलिपले आफ्नै कम्पनीको मजदुर क्याम्पमा खाने र बस्ने ब्यवस्था त मिलाएका थिए । तर थापाले कामविहीन भएर दुबईमा धेरै दिन बस्न हुन्न भन्ने निश्कर्ष निकाले ।

सन् २००५ डिसेम्बर १४ मा पहिलो पाइला टेकेका थापाले सन् २००६ जनवरीको दोस्रो सातातिर टीम ट्राभल बरदुबईमा काम पाए । टिम ट्राभल एन्ड टुरिजमले युएईमा बढ्दै गएको नेपालीहरुको चापलाई मध्यनजर गर्दै नेपाली कामदार खोजिरेहको परिपे्रक्ष्यमा थापा आफैले खोजेर उक्त ट्राभलमा बायोडाटा छाडेका थिए । टिम ट्राभल एन्ड टुरिजममा सन् २००६ बाट सुरु भएको थापाको जागिरे जीवनका यात्रा सन् २०१३ सम्ममा पुग्दा विविध दृष्टिले उर्वर मानिन्छ । यही अवधिमा उनले हजारौं नेपालीहरुसमक्ष आफ्नो सम्पर्क बढाए ।

सामाजिक संघसंस्थाहरुमा आबद्ध भए । व्यक्तिगत रुपमा सहयोग गर्दै गए । युएईको नेपाली सामाजिक जीवनमा थापाको उपस्थिति आवश्यक बन्दै गयो । महत्वपूर्ण अभियान र कार्यक्रमहरुमा उनको सल्लाह, सुझाव, अनुभव र सहभागिता अपरिहार्य मानियो । सामाजिक सेवा र विपत्तिहरुमा उनी स्वर्तस्फुर्त जुट्न थाले ।

पत्रकारिताको क्षेत्रमा पनि उनको संलग्नता यसै अवधिमै रह्यो । नेपालमै रहँदा हिमशिखर मल्टीमिडियामा ३ महिले रेडियो तालिम लिएका थापाले युएईमा रहँदा नेपाल पत्रकार महासंघको स्थापना कालमा सदस्यका रुपमा रहेर सहयोग गरे । युएईको नेपाली पत्रकारिताका अविस्मरणीय व्यक्तित्व अर्जुन दाहालको प्रधान सम्पादकत्वमा सञ्चालित अनलाइन पोर्टल द नेपाली भ्वाइसको सञ्चालक समितिमा रहेर युएईको नेपाली पत्

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *