सिंगापुरविरुद्ध नेपाल मैदान उत्रिँदै, ‘हेड टु हेड’ मा

काठमाडौं । मलेसियामा जारी एसीसी एशिया कप छनोटमा पहिलो जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुरविरुद्ध खेल्दैछ । आयोजक मलेसियासँग १९ रनको जित निकाल्दै एसिया कप खेल्ने आशा जिवित राखेको नेपाल चौथो खेलमा सिंगापुरविरुद्ध खेल्न लागेको हो ।

मलेसियाको बानगीस्थित युएसडी ओभलमा खेल नेपाली समयअनुसार बिहान सवा सात बजे खेल सुरु हुनेछ । पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित नेपाल शनिबार तेस्रो खेलमा कमजोर प्रतिद्वन्द्वी मलेसियाविरुद्ध १९ रनले बिजयी भयो ।

मलेसियासँगको खेलमा भरपर्दा ब्याट्सम्यान कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन फितलो भए पनि युवा खेलाडी आरीफ शेख र दिपेन्द्रसिंह ऐरीले नेपालको जितमा महत्वपूर्ण योगदान दिएका थिए ।

लगातार दुई खेलको पराजयपछि तेस्रो खेलमा जित निकालेको नेपाल बलियो मनोबलका साथ सिगांपुरसँग खेल्दैछ । तुलनात्मक रुपमा कमजोर मानिएको सिंगापुरमाथि नेपालले जित निकाल्दै एशिया कप छनोटमा दोस्रो जित दर्ता गर्ने रणनीतिमा ।

नेपाल र सिगांपुर अहिलेसम्म ५ पटक आमनेसामने भएका छन् । जसमा नेपाल हाबी छ । यी दुइटोलीबीच पछिल्लो समय २०१४ आइसीसी विश्वक्रिकेट लिग डिभिजन थ्रि मा प्रतिस्पर्धा भएको थियो । जसमा नेपाल १ सय ९० रनले विजयी भएकोे थियो । २०१० मा डिभिजन फाइभमा भएको खेलमा नेपाल १६ रनले विजयी भएको थियो भने २०१२ मा डिभिजन–४ मा ५ विकेटले विजयी भएको थियो । यस्तै २००८ मा मलेसियामा भएको एशियन ट्रफी एलिटमा पहिलोपटक सिंगापुरसँग खेलेको नेपाल ६ विकेटले विजयी भएको थियो । २०१० मा भएको एशियन ट्रफी एलिटमा ७ विकेटले विजयी भएको थियो ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *