गजल

Spread the love

 

कतै तर्वार् उठाएमा सुगन्धी फूल सार्ने छु
म पत्थर् को बचाउमा कुनै ऎना उघार्ने छु

यहाँ हास्नै भुलेकाले खुशी बाड्ने गरेका छन्
लुकेकाजो मुहार दोषी कलमलेनै उतार्ने छु

हजार मानिस पचाएको अनौठो थ्यो जवानी त्यो
मुखौटे लाइ पछौटेलाइ चुलीबाटै पछार्ने छु

बनी लाचार म भन्ने छैन दामी लाग्छ दुश्शासन
म सरकार लाइ पाखालेरै नवीन जीवन उमार्ने छु

– सन्तोष अधिकारी ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *