ओमान संग नेपाल ७ विकेट ले पराजीत

एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो । २२२ रनको लक्ष्य पछ्याएको ओमानले ४७ दशमलव ५ ओभरमा ४७ ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै लक्ष्य भेट्टाएको हो ।

ओमानको जितमा खवर अलीले अविजित ८४ र जेसान मक्सुडले अविजित ५४ रन बनाए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि पहिलो ब्याटिङ गर्ने क्रममा सागर पुनले ८३, ज्ञानेन्द्र मल्लले ४५,आरिफ शेखले ३६ र करण केसीले २६ रन जोडेका थिए । यस्तै कप्तान पारस खड्का ६, दिपेन्द्रसिंह ऐरी ९, सुवास खकुरेल ४, सोमपाल कामी ५ रनमा आउट भए ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *