पसिना धेरै हुनु पनि स्वास्थ्यको लागि हानिकारक

काठमाडौँ – शरीरबाट पसिना निस्किनु एक स्वभाबिक प्रक्रिया हो । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्दछ र स्वच्छ वायु शरीरमा पुर्‍याउँछ । पसिनाको माध्यमबाट शरीरभित्र भएको बिकार बाहिर आउँछ । शरीरबाट पसिना निस्केन या कुनै कारणवस पसिना भित्रै रोकिन गयो भने जसको फलस्वरुप कैयौं प्रकारका शारीरिक रोगहरु उत्पन्न हुनसक्छ ।

अतः शरीरलाई स्वस्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ । यसैले मानिस अचेल पसिना आउनेगरी साईक्लिङ, व्यायाम, जगिङ्, मोर्निङवाक या जिममा गएर पसिना निकाल्ने गर्दछन् । तर कहिलेकाहिँ आवश्यकता भन्दा बढीमात्रामा तथा बिनाकारणबस शरीरबाट पसिना आउनथाल्छ । बढी पसिना आउनलाई चिकित्सा विज्ञानमा हाईपरहाईड्रोसिस अर्थात अत्यधिक पसिना आउनु भनिन्छ । एक तथ्याङअनुसार विश्वको कुल जनसंख्याको करिब दुईप्रतिशत मानिसहरुमा हाईपरहाईड्रोसिस भएकोअनुमान गरिएको छ । सामान्यतः महिलाहरुको तुलनामा पुरुषहरुलाई धैरै मात्रामा पसिना आउने गर्दछ । उपचार होमियोप्याथिक चिकित्सा विधिमा आवश्यकता भन्दा बढीमात्रामा तथा कुनै कारण बिना नै शरीरबाट पसिना आउँछ भने यस अवस्थामा रोगीलाई उसको रोग लक्षण अनुसार प्रयोग गरिने केही होमियोप्याथिक औषधिहरु निम्नलिखित छन्ः

(१) यदि आँखा बन्द गर्ने बित्तिकै पसिनआउँछ भने ब्रायोनिया, कोनियमको प्रयोग लाभकारी हुन्छ ।

(२) यदि जाडो भएर शरीरमा पसिना आयो भने नक्सभोमिकाको प्रयोग गर्नुपर्छ ।

(३) टाउको बाहेक शरीरको अन्य खुल्ला भएको भागमा पसिना आउनु यस्तो लक्षणमा रोगीलाई थुजा नामक औषधिको सेवन गराउनु पर्छ ।

(४) यदि कुनै कारणबिना नै अनुहारमा पसिना बढी आउछ भने यस्तो अवस्थामा रस टक्स या सिकेलिकोर औषधिको प्रयोग गर्नु लाभदायक हुन्छ ।

(५) यदि रोगीलाई ब्युँझेको अवस्थामा मात्र पसिना आउँछ भने यस्तो लक्षणमा सेम्बुकस नामक औषधिको सेवन हितकारी हुन्छ ।

(६) यदि शरीरमा लुगाले ढाकेको भागमा मात्र पसिना आउँछ भने बिरामीलाई एकोनाईट, बेलाडोना, चायना आदि औषधिको सेवन गर्नुपर्ने हुन्छ ।

(७) यदि पसिना शरीरको देब्रेभागतिर मात्र बढी आउँछ भने पल्साटिला, पेट्रोलियमको प्रयोग गर्दा लाभदायक हुन्छ ।

(८) शरीरको जुन भागपट्टि फर्केर सुत्दा त्यही भागमा बढी पसिना आउँछ भने यस्तो लक्षणमा ब्रायोनिया, नक्सभोमिका, जिकंम आदि औषधिहरुको प्रयोग बढी फाइदाजनक हुन्छ ।

(९) यस्तै जतापट्टि फर्केर रोगी सुत्छ त्यस भागमा पसिना न आउनु, उसको विपरित भागमा पसिना आउनु यस्तो अवस्थामा बेन्जोईक एसिड, थुजा, सेनिकुल्ला नामक औषधिमध्ये लक्षणअनुसार कुनै एकऔषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।

(१०) यदि निदाएको बेला मात्र पसिना आउनु र ब्युँझिएपछि हराउनु अर्थात नआउनु । यस प्रकारको लक्षणभएका रोगीलाई कोनियम नामक औषधिको प्रयोग हितकारी हुन्छ । उपरोक्त होमियोप्याथिक औषधिहरुको प्रयोग आफ्नो नजदिकको कुनै प्रशिक्षित योग्य तथा अनुभवी चिकित्सकसँग परामर्श लिइ गरेमा लाभदायक हुने छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *