दुर्घटनाका घाइतेलाई अनिवार्य सरकारी अस्पताल

चितवन, ११ भदौ । दुर्घटना हुनासाथै महंगो तथा प्राइभेट अस्पतालहरुमा नै लैजाने परिपाटीलाई चितवनमा भने रोक्ने प्रयास गरिएको छ । जिल्ला प्रशासन चिवतनका अनुसार राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई चितवनको भरतपुरस्थित दुई ठूला सामुदायिक शिक्षण अस्पतालमा लाने गरिएको छ ।

जिल्ला एम्बुलेन्स सञ्चालक समितिको आज बसेको बैठकमा सवारी दुर्घटनाका त्यस्ता घाइतेहरुलाई बोकेर सिधै भरतपुर अस्पताल लैजाने निर्णय भएको हो । यति कुनै एम्बुलेन्सले त्यस्तो नियमको पालना नगरेको पाइएमा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

भरतपुर अस्पतालको मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर रविन खड्काले दुर्घटनाका घाइतेहरुका लागि आवश्यक उपचार सुविधाहरु भरतपुर अस्पतालमा भए पनि त्यहाँ खासै नल्याइने गरेको बताइन् ।

दुर्घटना भएका सबै बिरामी निजी अस्पतालमा मात्रै गएकाले रोक्ने उपाय स्वरुप एम्बुलेन्सलाई अनिवार्य सरकारी अस्पतालमा नै ल्याउनु पर्ने बाध्यकारी निर्णय गरिएको बताइएको छछ । घटनाको प्रकृति हेरि त्यसपछि प्राइभेटमा पनि रिफर भने गर्न सकिने छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *