सांसदहरूलाई मर्यादित हुन निर्देशन

काठमाडौँ, ११ भदौ ।  सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई मर्यादित हुन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपा सांसद अनिलकुमार झा विशेष समयमा बोलिरहँदा कांग्रेस सांसद शशांक कोइराला उनको अगाडि हुँदै बाहिरिएपछि सभामुखले सांसदहरूलाई सचेत गराएका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न र सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न नहुने व्यवस्था छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *