जनै पुर्णिमा रक्षा बन्धन विशेष

यन बद्धो बलि राजा दाना बेन्द्रो महाबलम् ।
तेन त्वां प्रति बध्नामि रक्षेमा चलमा चल ।।
( अर्थात् / जुन रक्षा काँचो धागो ले दानव हरू को महान राजा बलि लाई बाध्न सफल भयको थियो ।त्यस्तै यस धागो को बन्धन ले तिम्रो रक्षा गर्ने छ।)

  1. जनै पूर्णिमा / रक्षा बन्धन बिशेष
    “”””””””””””””””””””””””””””””””””””””

पुर्विय दर्शन जिव, जगत र ज्ञान को अन्तर सम्बन्ध र तादात्म्यता को संकार र संकृति मा अघि बढेको छ ।हिन्दु धर्मावलम्बी हरू ले साऊन शुक्ल पूर्णिमा मा मनाऊने रक्षा बन्धन र जनै पूर्णिमा को यो पर्व लाई ऋषि तर्पणि पनि भनिन्छ ।
भिन्न भिन्न समाज मा फरक तरिकाले मनाईने भयपनि देश को अधिकांश भाग मा यो पर्व को महत्व समान रूपमा भयको पाइन्छ ।
कृषि गर्ने हरू लाई फुर्सद हुने र लगातार तिज, दशै, तिहार जस्ता पर्व को शुरुवात सँगै मनाईने यो पर्व लाई हिन्दु धर्मावलम्बी हरू ले बिशेष महत्व का साथ मनाउने गर्दछन् ।
एक दिन पहिले नै कपाल मुन्डन गरेर पवित्र बसेका ब्रह्मामण हरू ले जनै (यज्ञोपवित)लाई रूद्राभिषेक मन्त्रियर नया धारण गर्ने चलन रहेको छ ।
जनै को तिन सरा मा ॐ स्वरूप ब्रह्म, बिस्नु, महेश ( बिज्ञान को मद मा ईलेक्ट्रोन, प्रोटन र न्यूटन को रूपमा पनि लिन सकिन्छ ) प्रतिक रहेको र तिन सरा मा कर्म, ऊपासना, र ज्ञान को अस्तित्व लाई स्विकृति दिएको शास्त्रीय मद छ ।
यसरि अभिमन्त्रित जनै बदलेर पुर्वज ऋषि, गुरु हरू लाई तर्पण दिने र यसै गरी अभिमन्त्रित डोरो गुरू र आफ्ना देव तुल्य भान्जा, ज्वाई, भिनाजु हरू को हाथ बाट बाध्ने चलन रहदै आएको छ ।
आज भोलि भारतिय संस्कृति को प्रभावमा दिदि बहिनी ले दाजु भाइ लाई रक्षा बन्धन (राँखि)बाध्ने चलन पनि चलेको पाइन्छ ।
यसरि बाधियको रक्षा बन्धन ले सुस्वास्थ्य रहने र अनिष्ट बाट बच्न सकिने बिस्वास गरिन्छ ।
यसै गरी रक्षा बन्धन बाधिदिने देव समान ब्याक्ति लाई दान, दक्षिणा र सम्मान गर्ने चलन यस संस्कृति मा रहदै आएको छ ।
यस पर्व को बिषयमा एक पौराणिक कथा अनुसार दानव राज बलि को अकारण आक्रमण र अनादर ले आजित भगवान हरू ले निकास सुझाऊन गुरू बृहष्पति सँग अनुरोध गरेपछि गुरू बृहष्पति को सल्लाह मा देवराज ईन्द्र ले बिस्णु तप द्वारा भगवान बिष्णु सँग बलिको आतंक को अन्त्यको लागि अनुरोध गरे र बिष्णु ले बुद्धि बिवेक ले बलि लाई पाताल पठाऊनु भयो र देवता को ऊद्धार गर्नु भयो ।
यसै खुशि मा साऊन शुक्ल पूर्णिमा को दिन देव गुरू बृहष्पति को पुजा अर्चना गरि गुरू सँग रक्षा डोरो बाँधेर हमेसा रक्षा को अनुरोध गरिएको ले त्यस पछि सबै तर्फ अनुयायी ले यो पर्व मनाउदै आएको भनाइ पनि छ ।
हामिले बुझ्नुपर्ने कुरा के हो भने ब्रह्मामण भनेको कुनै निश्चित कुल मा जन्मिएको मानिस होईन ।
ज्ञान, ले परिपूर्ण सद् मार्ग मा हिड्ने र हिडाऊन सक्ने अन्तर गुण ले युक्त मानिस (गुरू )भनेर बुझ्न जरूरि छ ।
त्यसैले अन्याय को बिरूद्ध न्याय को प्रतिक , अज्ञानता को बिरूद्ध ज्ञान को प्रतिक, एकल -सम्युक्त र बृहत परिवार को अन्तर सम्बन्ध लाई अझ प्रगाढ बनाउन सफल यस पर्वलाई सकारात्मक संदेश सहित मनाऔं।
मितव्ययीता मा आधारित रहेर पारिवारिक ,सामाजिक सम्बन्ध लाई अझ प्रगाढ बनाउदै यस पर्व लाई मनाऔं।
जनै पूर्णिमा र रक्षा बन्धन को सबै लाई शुभकामना! शुभकामना! ! शुभकामना! ! !
***************************************
सूर्य बस्याल
बङ्नासकालि ६पाल्पा
हाल \दिल्ली प्रवास

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *