पर्वतका बिरामी भेट्न मन्त्री बिना मगर युएइ मा

युएइ/ विगत ४ वर्ष देखि युएईको अबुदाबी स्थित मदिना हस्पिटलमा कोमामा रहेका पर्वत जलजला गाउँपालिका निवासी कुमार फगामी पुनलाई माननीय खानेपानी मन्त्री विना मगरले भेटेर विरामीको आवस्थबारे जानकारी लिएकी छिन् ।

गैर आवासिय नेपाली संघको छैठौं मध्यपुर्वको भेलमा सहभागी हुन युएई आएकी मन्त्री मगर विरामीको स्वास्थ्य स्थिति देखेर निक्कै भावुक भएकी थिइन् । कोमामा रहेका फगामी पुनलाई तत्काल उद्धार गर्नको लागि पहल गर्न दूतावासलाई निर्देशन समेत मन्त्री मगरले दिएकी छिन् ।

मन्त्री मगरले नेपाल सरकारको तर्फबाट गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । नेपाली दूतावासले दुई वर्ष अगाडि नै कोमामा रहेका कुमार फगामीलाई घर परिवारसंग सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्क आएको छैन । त्यसैकारण आज सम्म केहीपनि पहलकदमी लिन नसकेको युएईका लागि नेपाली कार्यबाहक राजदूत सागरप्रसाद फुयालले जानकारी दिएका छन् ।

कुमारको पारिवारिक स्थिति दयनीय रहेको बताइएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *