न्यूरोडको भर्टिकल पार्किङ निजी क्षेत्रलाई, एक हप्ताभित्रै सूचना

६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले  धर्मपथ (न्यूरोड) मा ‘अटोमेटेड भर्टिकल पार्किङ’ निर्माण गर्ने निर्णय गरेको छ । निर्माण कम्पनी छान्न महानगरले एक हप्ताभित्रै आशयपत्र निकाल्ने भएको छ ।

न्युरोड क्षेत्रमा अस्तव्यस्त पार्किङ व्यवस्थित गर्ने योजना तयार पारिएको हो । सार्वजनिक-निजी साझेदारीमा भर्टिकल पार्किङ निर्माण गर्न एकहप्तभित्रै आशयपत्रका लागि सूचना सार्वजनिक गर्ने महानगरका सहप्रवक्ताा नवराज ढकालले जानकारी दिए ।

आशयपत्र मागेपछि कम्पनीको सर्ट लिस्टिङ गरिनेछ । र, प्राविधिक/आर्थिक क्षमता हेरेर निर्माणको जिम्मा लगाइनेछ । महानगर आफैं भने यो परियोजनामा लगानी गर्ने सोचमा छैन । निजी कम्पनी छनोट गर्ने र उसैलाई लगानी गर्न लगाउने योजना रहेको ढकालले बताए ।

‘डिजाइन त हामीले पनि तयार गरेका छौं । तर, इच्छुक कम्पनीको प्रस्ताव पनि हेर्छौ,’ ढकालले भने,’जुन उपयुक्त हुन्छ त्यस्तै पार्किङ स्वीकृत गर्छौं ।’

निश्चित अवधिसम्म निर्माण गर्ने कम्पनीले नै सञ्चालन गरेपछि महानगरलाई हस्तान्तरण गनेछ । छनोटमा परेको कम्पनीको प्रस्तावअनुसार सञ्चालन मोडालिटी तय गर्ने महानगरको तयारी छ । धर्मपथको आफ्नै जग्गामा पार्किङ भवन निर्माण हुनेछ ।

अहिले नै तीन वटा कम्पनीले सम्भाव्यता अध्ययनको रिपोर्ट पेश गर्दै निर्माण गर्न चासो देखाएका थिए । पाँच तलाको पार्किङ भवन बनाउने महानगरको योजना छ, लागत भने डिजाइन फाइल भएपछि मौ तय हुनेछ ।

झण्डै ५ सय सवारी पार्किङ गर्न सकिने गरी भर्टिकल पार्किङ बनाउो योजनामा महानगर छ । असन, इन्ऽचोक र वसन्तपुर जानेहरुका लागि त्यो बढी उपयोगी हुने छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *