साइबर क्राइममा गायक सौगात सायर पक्राउ

४ भदौ, बुटवल । गायक एवं संगीतकार सौगात सायर (सुनार) पक्राउ परेका छन् । साइबर क्राइम गरेको अभियोगमा उजुरी परेपछि उनलाई बुटवलबाट पक्राउ गरेर अपराध महाशाखा टेकु काठमाडौंमा बुझाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

एक युवतीले गरेको उजुरीका आधारमा अपराध महाशाखाले पक्राउ गरी उपस्थित गराउन इलाका प्रहरी कार्यालय बुटवललाई आदेश दिएकाले पक्राउ गरेर बुझाएको प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले अनलाइनखबरलाई बताए ।

राष्ट्रिय जनमोर्चाको रक्तिम सांस्कृतिक अभियानबाट सांगीतिक यात्रा शुरु गरेका सौगात पछिल्लो समय पार्टीमा भन्दा आधुनिक र प्रेम सम्बन्धका गीत गाएर चर्चामा थिए ।

यसअघि पनि युवतीका विषयमा गायक सौगात विवादमा मुछिने गरेको स्रोतको आरोप छ ।

सौगातका ‘तिमी फुल्यौ कतै’,’नजलाऊ ब्यर्थै छाती’, ‘तिर्खा मेट्यो मूलको पानीले’ लगायत गीतहरु चर्चामा छन् ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *