नागपञ्चमी मनाउनु भयो, अब जान्नुहोस् त्यसको खास कारण

आज नागपञ्चमी । हरेक वर्ष साउन महिनाको शुक्ल पक्ष पञ्चमी तिथिका दिन मनाइने यस पर्वमा नागको पूजा गरिन्छ अर्थात् नागपञ्चमी नागको पूजा गर्ने दिन हो। यो श्रद्धा र विश्वासको पर्व हो। यस दिन नागलाई धारण गर्ने भगवान् भोलेनाथ अर्थात् शिवको पूजा आराधना गर्नु शुभ मानिन्छ।

नेपालमा नागसँग सम्बन्धित थुप्रै किम्वदन्ती पाइन्छन्। तीमध्ये गोरखनाथ रिसाएर नागलाई आसन बनाएर बसेपछि १२ वर्ष सम्म पानी नपरेको अनि गोरखनाथका गुरु मत्स्येन्ऽनाथलाई ल्याउनुपरेको तथा मन्जुश्रीले उपत्यकाको पानी चोभारको गल्छी काटेर बाहिर पठाउँदा कर्कोटक नाग पनि जान लागेको र त्यो देखेर मन्जुश्रीले उसलाई रोकेर टौदहमा राखेको प्रसंग बढी चर्चित छन्।

नाग जातिको उत्पत्ति

नाग जाति तथा नागका विषयमा त्यति ज्यादा विरोधाभास छैन। आजसम्म पनि नाग जातिका मानिसहरू पाइन्छन् । सबै नाग कश्यप ऋषिका सन्तान हुन्। नाग र सर्पमा फरक छ। नाग कश्यप पत्नी कद्रूका सन्तान हुन् भने सर्प कश्यप पत्नी क्रोधवशाका सन्तान हुन्। क्रोधवशाबाट सर्प, बिच्छी आदि विषालु जन्तु पैदा भएका थिए।

पुराणहरूमा उल्लेख भए अनुसार प्राचीनकालमा नागसँग सम्बन्धित नाग प्रजातिका मानव कश्मीरमा निवास गर्दथे। पछि यी सबै नागकुलका मानिस अन्यत्र छरिएर बस्न थाले।

नागका अष्टकुल

कश्यप ऋषिका पत्नी कद्रूका ८ पुत्र भए। जसबाट नागका ८ कुल विकसित भए। जुन यसप्रकार छन् स् १. अनन्त (शेष), २. वासुकि, ३.तक्षक, ४.कर्कोटक, ५. पद्म, ६. महापद्म, ७. शंख र ८.कुलिक।

कुनै पुराणमा नागका अष्टकुलको नाम फरक पाइन्छ स् वासुकी, तक्षक, कुलक, कर्कोटक, पद्म, शंख, चूडÞ, महापद्म र धनंजय। कुनै पुराणमा नागका प्रमुख कुल ५ वटा बताइएको छ छ स् अनन्त, वासुकी, तक्षक, कर्कोटक र पिंगला। शेषनाग अर्थात् अनन्तले भगवान विष्णु तथा उनको कान्छा भाइ वासुकीले शिवजीको सेवक बन्न स्वीकार गरेका थिए ।

यिनै आठ कुलको विस्तार भई नल, कवर्धा, फणि-नाग, भोगिन, सदाचंऽ, धनधर्मा, भूतनंदि, शिशुनंदि या यशनंदि तनक, तुश्त, ऐरावत, धृतराष्ट्र, अहि, मणिभऽ, अलापत्र, कम्बल, अंशतर, धनंजय, कालिया, सौंफू, दौद्धिया, काली, तखतू, धूमल, फाहल, काना, गुलिका, सरकोटाजस्ता नाम गरेका नाग वंशी देखा परे।

अग्निपुराणमा ८० प्रकारका नाग कुलको वर्णन छ। जसमा वासुकी, तक्षक, पद्म, महापद्म प्रसिद्ध छन्।

पुराणमा नागहरूको छुट्टै लोक नागलोकको वर्णन पाइन्छ। अनादिकालदेखि नै नागको अस्तित्व देवी-देवताका साथ वणिर्त छ। जैन, बौद्ध देवताहरूको शिरमाथि पनि शेष छत्र देख्न सकिन्छ। भारतको असम, नागालैंड, मणिपुर, केरल र आं”प्रदेशमा नागा जातिको वर्चस्व देख्न सकिन्छ। अथर्ववेदमा पनि केही नागहरूको नाम उल्लेख पाइन्छ। जसमा श्वित्र, स्वज, पृदाक, कल्माष, ग्रीव, तिरिचराजीजस्ता नागको नाम पाइन्छ।

नागकन्या

नागकन्या र मानिसबीच बिहे भएका थुप्रै घटना पुराण हरूमा पाइन्छन्। महाभारतका अर्जुनले पाताल लोकको नागकन्या उलूपीसंग बिहे गरेका थिए। भीम पुत्र घटोत्कचको विवाह पनि नागकन्या अहिलवतीसँग भएको थियो।

नागलोक

नागको बसोवास भूमि नागलोक हो। सात पाताल छन्- अतल, वितल, सुतल, रसातल, तलातल, महातल र पाताल। यीमध्ये महातलमा ‘क्रोधवश’ नामक एक समुदाय रहन्छ। जसमा कहुक, तक्षक, कालिया र सुषेण आदि प्रधान नाग छन्। वासुकी नाग पाताल लोकको नागलोकमा बस्छन्।

नाग कुल

यी सबै नागलाई पुज्ने नागकुल थिए। त्यसैले उनीहरूले नागको प्रजातिको आधारमा आˆनो कुलको नाम राखे। तक्षक नागको नाममा कुनै एक व्यक्तिले ‘तक्षक’ कुल चलायो । महाभारतमा राजा परीक्षितको हत्या गर्ने व्यक्ति पनि तक्षक थियो। पछि परीक्षितको पुत्र जन्मजेयले तक्षकसंगै सम्पूर्ण नाग कुलसँग बदला लिएको थियो।

‘नागा आदिवासी’ को समन्ध पनि नागसँग भएको मानिन्छ । पुराणअनुसार एक समय नागा समुदाय पूरै भारत (पाक-बांग्लादेश सहित) का शासक थिए। तक्षक, तनक र तुश्त नागाहरूको राजवंशको लामो परम्परा पाइन्छ। नागवंशीमा ब्राहृमण, क्षत्रिय आदि सबै समुदायका मानिस थिए।

नाग र नाग जाति

जसरी सूर्यवंशी, चंऽवंशी र अग्निवंशी छन् त्यसरी नै नागवंशिको पनि प्राचीन परंपरा पाइन्छ । महाभारत कालमा भारत वर्षमा नागा जातिको थुप्रै समूह थिए। विशेष गरी कैलाश पर्वत सँग जोडिएका असम, मणिपुर, नागालैंड आदि क्षेत्रमा यिनको प्रभुत्व थियो। यिनीहरू सर्प पूजक भएका कारण नागवंशीका रूपमा चिनिए।

कतिपय विद्वानको मतमा शक या नाग जाति हिमालयपार बस्थे। तिब्बतीहरू अझैसम्म आˆनो भाषालाई ‘नागभाषा’ भन्छन्।
एक सिद्धांत अनुसार यिनीहरू मूलतस् कश्मीर निवासी थिए। कश्मीरको अनन्तनाग इलाका यिनीहरूको गढÞ थियो। कांगडा, कुल्लू र कश्मीर सहितका अन्य पहाडी इलाकामा आजसम्म पनि नाग जातिका ब्राहृमणको बसोबास छ । नाग वंशावलिमा ‘शेष नाग’ लाई नागहरूको प्रथम राजा मानिन्छ। माना जाता है। शेष नागलाई अनन्त पनि भनिन्छ। को शेषपछि वासुकी अनि तक्षक र पिंगला भए । वासुकीको राज्य कैलाश पर्वतको नजिक थियो। एक मान्यता अनुसार तक्षकले तक्षकशिला (तक्षशिला) बसाएर आˆनो नामबाट ‘तक्षक’ कुल चलाएका थिए।

नाग पञ्चमीमा के गरिन्छ ?

नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने गरिन्छ। आजको दिनदेखि वषर्ा समाप्त भई हिउँद सुरू भएको मानिन्छ। यस दिन नागका अष्टकुलको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ। ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैन।

नाग टाँसेपछि नागको प्रार्थना गर्ने मन्त्र

अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते।।

नाग पञ्चमीमा व्रत

नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत बसिन्छ। यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी -भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्ने चलन छ। व्रत अवधिभरि कुनै किसिमको भोजन नगर्ने त छँदै छ व्रतको समाप्तिमा समेत नुन तथा चिल्लो परिकारहरूको प्रयोग गर्न वर्जित छ। साथै व्रतसँग सम्बन्धित अन्य सबै नियमको पालना गर्नुपर्दछ।

नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ। नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आˆनो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ। गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डु अर्पण गरी पूजासमेत गरेर निम्न अनुसारको नाग स्तोत्र पाठ गरिन्छ :

ब्रहृमलोकेषु ये सर्पा शेषनाग पुरोगमास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सर्वदा ।१।
इन्ऽलोकेषु ये सर्पास् वासुकी प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।२।
कऽबेयाश्च ये सर्पास् मातृभक्ति परागमा।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।३।
इन्ऽलोकेषु ये सर्पास् तक्षका प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।५।
सत्यलोकेषु ये सर्पास् वासुकिन च रक्षता।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।६।
मलये चैव ये सर्पास् कर्कोट प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।७।
प्रार्थव्याचैव सर्पेभ्यस् ये साकेत वासित।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।८।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्िछता।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।९।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।१०।
समुन्ऽतीरे ये सर्पाये सर्पाजलवासिनस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।११।
रसातलेषु ये सर्पास् अनन्तादि महाबलास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।१२।

नागमन्त्र पाठ गर्न असम्भव भए ‘ॐ कुरुकुल्ये हुँ फट् स्वाहा’ मन्त्रको ९००० पटक जप गरिन्छ।

नागगायत्रीको मन्त्र -ॐ नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला -१०८ पटक) जप गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष पि्रयकर हुन्छ। त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै आजको दिनको पूजनमा सेतो कमलको प्रयोग गर्ने विधान छ। आज यी सम्पूर्ण कृत्य गर्न सक्दा ‘कालसर्प योग’ दोषको शान्ति पनि हुन्छ।

नाग पूजा गर्नाले सर्पको डर हुदैन त ?

सबै चाड पर्वहरू मनाउनुमा कुनै न कुनै रहस्य लुकेको हुन्छ। यस्तै रहस्य नाग पञ्चमीको पनि । यो पर्व बषर्ायाममा पर्ने भएकाले सर्प, बिच्छी आदि बिषालु जीवहरूको प्रकोप हुनु स्वाभाविकै हो। हिन्दू मान्यता अनुशार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर हुन्न । मानिसहरू चाड पर्वमा घरको अन्य कामकाज छोडेर पनि आˆनो घरआगन सफा गर्छन्। घरआगन सफा भएर घर वरपर नाङ्गो भयो भने सर्पहरूको डर हुने कुरै भएन। यसकारण नाग पञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्ने कुरामा केही सत्यता छ।

घरको जग खन्दा नागको शिर विचार

नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रीय विधान छ। नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडि खन्दा छोरा र पत्नीलाई दुस्ख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ। नागको शिर भदौ, असोज र कात्तिकमा पूर्व, मंसिर, पुस र माघमा दक्षिण, फागुन, चैत र वैशाखमा पश्चिम तथा जेठ, असार र साउनमा उत्तरतर्फ हुन्छ।

कालसर्प योग

ज्योतिष शास्त्रमा राम्रा र नराम्रा गरी मुख्य २७ वटा योग छन् भने अन्य किसिमका थुप्रै योग छन्। जसमध्ये करिब ६३ प्रतिशत राम्रा हुन्छन् भने ३७ प्रतिशत नराम्रा हुन्छन् भनिन्छ। ती नराम्रा मध्येको २ स्थानमा रहेको योग हो- कालसर्प योग। जसका कारण मानवले अरु असल योगहरूबाट पाउनु पर्ने राम्रा फलहरू पनि ३० प्रतिशतमात्र पाउने गर्छ भन्ने विश्वास ज्योतिषहरूको छ।

के हो कालसर्प योग ?

मानिसको चिनामा सबै ग्रहलाई जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु-छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो।

अर्को शब्दमा जब चिनामा भएका सबै ग्रहहरू राहु र केतुको बिचमा हुन्छन् तब यस्तो योगको निर्माण हुन्छ। यसको निवारण गर्न ३ वटा उपाय छन् स् त्रिपिण्डी श्राद्ध, मृत्युञ्जय जप तथा नागपूजा। नागपञ्चमीको दिन विधिवत् नागको पूजा गरी धातुनिर्मित नागको प्रतिमा बनाई ब्राहृमणलाई दान गरी, शिवालयमा चढाएर वा नदीमा प्रवाहित गरे कालसर्प योग निवारण यन्त्र धारण गरेपछि मात्र यो योग शान्त हुन्छ।

कालसर्पयोगको घेराभित्र रहेका शुभाशुभ ग्रहहरूका फलमा छाया पारिदिने हुनाले कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन। अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्ततिसुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन-अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन्। यद्यपि सबै कालसर्प योग खराब हुँदैनन्, २५ प्रतिशत कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्यौतिषीको सल्लाह प्राप्त गरी यसको विधिवत् शान्ति गर्नु पर्दछ। यसका लागि आजको दिन अत्यन्त शुभ मानिन्छ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *