ओमानको खाडी बाट आमालाइ पत्र।

पुज्यनिय आमा म हजुर को प्रदेशि छोरो को तर्फबाट ढोग छ सधै
हजुर को आशिर्वाद लागि रहोश यहाँ म सन्चै आराम छु हजुर पनि सन्चै हुनुहोला भन्नी आशामा बसेको छु आमा हेर्नू हजुर को छोरा विदेश बस्न लाएको पनि अब एक दशक भन्दा बडि भएछ के गरु घरको समस्या अनि देश मा रोजगारी नहुदा हजुर को त्यो प्यारो काख अनि माया छोडेर यहाँ मरुभूमि मा पैसाको रुख खोजी रहेको छु मेरो यो मिहिनेत को कुनै लेखाजोखा छैन तर पनि खुशी छु आमा हजुर ले बिहान पकाएको त्यो भात म दिउँसो खान लाग्दा बासी भनेको सम्झन्छु , अलिकति मेरो अनुहारमा पसिना बगे भने छोरा लाई धोउ भयो भनेर पिर मानेको अनि राती कतैबाट आउन ढिलो भयो भने बाटो हेरेर बसेको आज निकै सम्झना आउँछ हजुर को माया अनि हौसला को ,,हो आमा म यहाँ पनि राम्रो सग बसेको छु एक दिन समय मिले मैले खाना बनाउछु अनि त्यो नसकिन जनि खान्छु यहाँ अहिले बासी केही छैन सबै साजी छ म राम्रो सग बसेको छु आमा हजुर ले भन्नू भएको थियो बाबू स्वास्थ को ख्याल गर्नु गर्मी शरीर छ घाममा बाहिरी नबस्नु हो आमा म ख्याल गरि रहेको छु ५० डिक्री को घाम त यहाँ घाम नै होइन त्यसैले घामले मलाई कुनै असर गर्दैन हजुर ले भन्नू हुन्थ्यो नि कपडा मिलाएर लगाउनु हो म मिलाएर लगाउछु शिर देखि पाउ सम्मको एउटै हुन्छ मिलाउनु जरुरी छैन आफै मिलेर आएको हुन्छ आमा सम्झना आउँछ त्यो हरियाली अनि कोहिली को आवाज अनि त्यो सल्लेरी बनमा हावा लाग्दा आउने स्वर अनि ती झरना सरि बगि रहेका ती खोलानाला , यहाँ त हरियो केही छैन आमा बनेका पार्क हरु बाहेक र लगाएर हुर्काएका एकदुइ बोट बाहेक हावात लाग्छ यहाँ तर तातो जस्तो हजुरले भात पकाउदा बाफ तातो भएर उड्छ उस्तै हो त्यसैले केहि फरक पर्दैन त्यहा खोलानाला बाट आएको पानी यहाँ समुन्द्र मा आएर हजुर तरकारी पकाउदा नुन हाली सके पछि हुने स्वास जस्तो नुलियो तर पनि म

कहिलेकाही उहीँ पानी सम्झी नुहाउछु सम्झन्छु हजुरले आगो बालेर तताइदिएको पानीले नुहाएर म आउदा हजुर तौलिया लिएर आएको अनि तोरि को तेल ल्याएर लगाइ दिएको तर यहात केही गर्नु पर्दैन पानी आफै तात्छ आगो को जरुरी पर्दैन घामको तापले नै हुन्छ शरीरत्यसै ठिक छ किनकी पसिना सुक्नै पाउदैन किन चाहियो तेल ,आमा याद आउँछ त्यो मकै भाचेर पोलेर खाएको त्यो घरमा भएको भैंसी को दुध दहि अनि मोहि कति मीठो हुन्थ्यो होला बासी मोहि भन्नू भएको सम्झन्छु आज यहाँ त बासी साजी केही छैन दुई तीन महिना को हुन्छ खान्छु मीठो लाग्छ हजुर ले दिए जस्तो दूध को त के कुरा आमा एक बर्स सम्मको पाउछ यहाँ खराब नै हुदैन बट्टा मा आउँछ खै कुन्नी स्वाद नै कस्तो कस्तो तर पनि म पिउछु सम्झिएर त्यो हजुर ले पालेको डल्ली भैसि अनि जर्सी गाइ को ताजा दूध , बिहान काम मा एक मिनेट ढिलो भयो भने मेरो तलब काटिन्छ समय को निकै ख्याल गर्नु पर्छ आमा त्यसैले मोबाइल मा बिहान उठन आलाराम लगाउछु त्यहा जस्तो कुखुरा बासेको अनि कुकुर भुकेको सुनेर उठन पर्दैन म शुखी छु आमा हात जोड्नु भन्दा सलाम वालिकम भन्छु सबै खुशी पार्न हरेक समय कोशिश गर्छु हजुर ले अब नोकरी छोडेर आउ भन्दै हुनुहुन्छ तर के गरु देश को हालत अझै उस्तै छ रोजगारी भनेका भासण गर्ने औजार बनेका छन यस्तै छ यहाँ ,
आमा अहिले त स्थायी सरकार बनेको छरे भन्ने सुनेको छु कस्तो हुँदै छ त्यो पहाड का भिर मा पनि गाडी चल्ल्न थालेरे अनि सुबिधा हरु गाउँमा धेरै आएका छन भन्ने सुनेको छु हजुर को बृद्ध भत्ता कति भयो घर आएको होला नि खुशी लाको छ मैले विदेश मा जे भोगी रहेको छु अब आउने पुस्ता लाई यस्तो नहोश पडेका अनि राम्रो पोस्टमा नोकरी मा आउन अनि त्यो पल्लघरे ठुलो पासपोर्ट बनाउन जान लाको छरे विदेश आउन ,भन्दिनु आमा विदेश मा निकै गाह्रो छ गाउमा नै केही गरोस् जमिन् बाजो छ खेती किसानी गरोश अनि कृषि मा त सरकार ले अनुदान दिन्छ रे त्यही बसेर राम्रो गरोश आमा यहाँ पैसा फल्ने रुख नहुदो रहेछ केवल दुख को सन्सार छ साथी भाइ बिमार हुदा भेट्न् पाइदैन अरुको कम्पनी मा जादा पनि समस्या छ अन्त्यमा आमा सबै गाउघर वरपर सबैलाइ मेरो सम्झना सुनाइ दिनु होला हजुर को छोरा अब छिटै स्वदेश मा नै केही गर्ने अठोट सहित आउदै छ कसैको मुख हेरेर होइन आफ्नै पाखुरा बदारेर केही गर्न अठोट सहित आउने छ अब गाउगाउ गएर विदेस को बारेमा सबै बताएर सबैलाई स्वाबलम्बन बन्न सल्लाह दिन आउने छ हजुर को छोरा ले यहाँ धेरै सिकेको छ विकास कसरी हुन्छ भन्ने कुरा तिनी भ्रष्टाचार गरेर विकास को पैसा खाने भ्रष्टाचारि लाइ खबरदारि गर्न आउने छ नाताबाद कृपाबाद को बिरोध गर्न आउने छ आमा जो सोझा सिधा लाई लुटेर महल बनाए तिनिको भन्डाफोर गर्न आउने छ बलात्कारि लाई झुन्ड्याउने नियम ल्याउन आवाज उठाउन आउने छ जनता झुक्याएर सस्ता नारा दिने नेता को विरुद्ध आवाज उठाउन आउने छ आमा के गरु मनको चिन्ता हजुर लाई यो कागजमा लेखे अब हजुर ले यो पत्र पल्लघरे ठुलो लाई बोलाएर पड्न भनेर सुन्नु होला पत्र मा लेख्न त अरु पनि धेरै छन आमा डिउटि जाने बेला भयो समय निकै ख्याल गर्नु पर्छ चिठी को साथमा एउटा फोटो पनि पठाएको छु आमा अस्ति पकाएको तरकारी र भात बोकेर हिडे फेरि पनि सबै आमा हरुलाइ सास्टाण्ग दण्सबत भन्दै बिदा
उहीँ हजुर हरुको छोरा
धनु पोख्रेल ( फर्सु )
ओमान को मरुभुमी बाट

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *